मतदातालाई धन्यवाद दिन गाउँ पुगे नेतासँगै रुकुम मुसिकोटका मेयर महेन्द्र केसी
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका नव निर्वाचित प्रमुख महेन्द्र केसीले मतदाता भेटघाट कार्यक्रम सुरु गरेका छन् । नगर प्रमुख केसीले शनिबार वडा नम्वर १३ र १४ का मतदाताहरुलाई भेटघाट गरी धन्यवाद दिएका छन् ।शुक्रबार शपथ ग्रहण गरेपछि शनिबारबाट मतदातालाई भेटघाटको कार्यक्रम तय गरेको नगरप्रमुख केसीले बताए ।
वडा नम्वर १३ र १४ का मतदाताहरुसँगको भेटमा नगरप्रमुख केसीले निर्वाचित भैसकेपछि आफु पार्टीको नभएर नगरवासीको प्रमुख भएकोले सबैलाई समान दृष्टिकोणले हेर्ने बताए । उनले अब नगरको विकासमा यो र त्यो पार्टी नभनेर गुणस्तरिय विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
पाँच बर्षमा जनताको मतदानलाई नबिर्सेर समृद्ध नगर बनाउन लागि पर्नेमा उनको जोड छ । सबै जनताले आफूलाई विश्वास गरेर आवश्यकता अनुसारका माग वडा कार्यालय मार्फत पठाउन र नगरपालिकालाई सल्लाह दिन केसीले आग्रह गरे । नेकपा माओवादी केन्द्रलाई १३ मतले हराउदै कांग्रेसबाट उमेद्वार बनेका केसी शुक्रबार विजयी भएका थिए ।

क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मुसिकोट नगरपालिका
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्