रुकुम मुसिकोट नगरको प्रमुखमा कांग्रेसका महेन्द्र केसी विजयी, खुशीयालीमा दिनभर विजय र्याली
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका महेन्द्र केसी विजयी भएका छन् । केसीले ६ हजार ९ सय १४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बसन्त कुमार शर्माले ६ हजार ९ सय १ मत पाएका थिए ।
यस्तै उपमेयरमा नेकपा एकीकृत समाजवादीका बिमल कुमार पुन विजयी भएका छन् । उनले ६ हजार १ सय ४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका थल बहादुर ओलीले ५ हजार ९ सय ८५ मत प्राप्त गरेका थिए । १४ वडा रहेको नगरपालिकामा १, २, ३, ५ , ८ र १४ नेपाली काँग्रेसले जितेको छ भने ४, ६, ७, ९, १०, ११, १२ र १३ नम्बर वडा नेकपा माओवादी केन्द्रले जितेका छन् ।
नेकपा एमालेले एउटा वडा पनि जित्न सकेन । मुसिकोटमा नेपाली कांग्रेस र नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाको गठबन्धन थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मुसिकोट नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रको विजयी भएको थियो ।
दिनभर खुशीयालीमा विजयी र्याली
रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको प्रमुखमा जितेको नेपाली कांग्रेसले मुसीकोट खलंगामा विजयी र्याली निकालेको छ । नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका महेन्द्र केसी नगर प्रमुखमा निर्वाचित भएपछि कांग्रेसले विजयी र्याली निकालेको हो । नगर प्रमुखमा निर्वाचित भएपछि गठबन्धनमा आवद्ध दलका कार्यकर्ताहरु नगरभरबाट जम्मा भएर र्यालीमा सहभागि भएका थिए ।
वाजागाजा सहित हर्षोउल्लासका साथ कांग्रेसका नेता, कार्यकर्ताहरुले खुशियाली मनाएका थिए । बजार परिक्रमा गरेर र्याली खलंगाको बराहटाकुरामा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा कांग्रेस नेता गोपालजि जंग शाह, केन्द्रीय सदस्य मानवहादुर नेपाली, कर्णाली प्रदेश महासचिव कृष्णबहादुर रोकाय लगायत नेता कार्यकर्ताहरुको सभागिता रहेको थियो ।

दुई नगरप्रमुखले लिए पद तथा गोपनियताको सपथ
रुकुम पश्चिमका दुई नगरप्रमुखले सपथ ग्रहण गरेका छन् । मुसीकोट र चौरजहारी नगरपालिकाका नव निर्वाचित नगरप्रमुखहरुले सपथ ग्रहण गरेका हुन् । मुसीकोट नगरप्रमुखमा निर्वाचित महेन्द्र केसी र चौरजहारी नगरप्रमुखमा निर्वाचित पुष्प वादीले रुकुम जिल्ला अदालतमा सपथ ग्रहण गरेका हुन् ।
दुवै जनालाई जिल्ला न्यायधिश विद्याराज पौडेलले सपथ गराएका थिए । नगरप्रमुखले नै उनिहरुको सपथ ग्रहण गराउने कार्यविधि छ । सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट र बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठा मगरले भने यस अघि नै सपथ ग्रहण गरेका थिए ।

क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काँग्रेसका महेन्द्र केसी, #नेपाली कांग्रेस, #बसन्त कुमार शर्मा, #रुकुम पश्चिमको मुसिकोट
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्