नेपाल र भारतबीच शिक्षा र जलस्रोतसँग सम्बन्धित ६ बुँदे सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल र भारतबीच विभिन्न ६ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार लुम्बिनीमा शिक्षा र जलस्रोत क्षेत्रमा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने, भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र (सीनास) तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने, भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने, काठमाडौं विश्वविद्यालय र भारतको इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)बीच सहयोग सम्झौतामा हस्ताक्षर भएको हो ।
यस्तै काठमाडौं विश्वविद्यालय र भारतको इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) बीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने र नेपाल विद्युत् प्राधिकरण (एनईए) र भारतको सतजल जलविद्युत् लिमिटेडबीच अरुण ४ आयोजनाको विकास र कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रभानमन्त्री मोदी स्वदेश फर्किएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जलस्रोत क्षेत्रमा सहयोग, #नेपाल र भारत, #भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्