निर्धक्कसँग मतदान गर्न प्रधानमन्त्री देउवाले देशबासीलाई आग्रह
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देशवासीमा आग्रह गरेका छन् । बिहीबार साँझ एक भिडियो सन्देशमार्पत प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।
सन्देशमा उनले भनेका छन्, ‘३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसित मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न म सम्पूर्ण देशवासीहरुमा हार्दिक अपील गर्दछु।
निर्वाचनलाइ स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापन चुस्त दुरुस्त बनाएको छ । स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्याउन हुन म सबैमा अनुरोध गर्दछु। ‘
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री देउवा, #प्रधानमन्त्री शेरबहादुर देउवा
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्