देउवा–प्रचण्ड एउटै मञ्चबाट कुम जोडेर मत माग्दै,रुकुममा भने कांग्रेस र माओवादी कुटाकुट गर्दै

काठमाडौं । यतिबेला ५ दलीय गठबन्धनका शिर्ष नेताहरु आफना उमेद्वारलाई सँगै चुनावी सभाबाट मत मागिरहेका छन । गठबन्धन नभएपनि स्वच्छ प्रतिष्पर्धा गर्ने सत्तारुढ गठबन्धनबीच सहमति पनि भएको छ । महानगर, उपमहानगरमा भागबण्डा गरेका नेताहरु मत माग्न एउटै मञ्चबाट कांग्रेसले हसिया हतौडा र माओवादीले रुखमा मत मागिरहेका छन् । तर, रुकुमपश्चिममा भने दैनिक नेपाली कांग्रेस र नेकपा माओवादी कार्यकर्ताबीच कुटाकुट भइरहेको छ । शनिबार मात्रै स्थानीय तहको चुनाव प्रचारको क्रममा घरदैलो अभियानमा चौरजहारी नगरपालिका वडा नम्बर ६ को खागलमा झडप भयो । नेपाली कांग्रेसको कार्यक्रममा माओवादी कार्यकर्ताले हमला गरेको कांग्रेसले आरोप लगाएको छ । सो आक्रमणमा १० जना काँग्रेस कार्यकर्ता घाईते भए ।
चौरजहारी नगरपालिका वडा नम्वर ६ का काँग्रेसका कार्यकर्ता बर्ष २२ का लक्ष्मण बोहरा, बर्ष ४० का सरोज रोका, बर्ष ३३ कि फागुनी बोहरा, बर्ष २८ का रामबहादुर बोहरा, बर्ष २७ का बिरेन्द्र रावत, बर्ष २८ का चन्द्रकला बुढाथोकी, बर्ष ४२ कि मैनि बोहरा, बर्ष १७ कि ममिता बोहरा र बर्ष १९ मनबहादुर पुन घाइते भएको बताइएको छ । त्यसैगरी नेकपा एमालेका जिल्ला कमिटी सदस्य रत्नबहादुर अधिकारी पनि घाईते भए । खागल गाउँमा घरदैलो गरिरहेका काँग्रेस कार्यकर्ता माथी माओवादी कार्यकर्ताले फलामको रड, बोतल, ढुंगामुढा गरेको आरोप माओवादीमाथि लागेको छ । माओवादीले भने कांग्रेसले नै पहिला आक्रमण गरेको बताइरहेको छ ।
यस्तै शुक्रबार राति चौरजहारी नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबिच झडप भयो । चुनावी गतिविधिका क्रममा घारीगाउँमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भए । काँग्रेस चौरजहारी नगरपालिका वडा नम्बर १ का सभापति योगेश विष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी , काँग्रेस कार्यकर्ता मनबहादुर बिक र वाइसिएलका ध्रुवराज विष्ट र समीर स्वर्णकार घाइते भएका छन । घाइतेमध्ये वडा सभापति योगेश र मानबहादुरलाई नेपालगन्ज रिफर गरिएको छ। अन्यको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, त्रिवेणी गाउँपालिका ९, नुवाकोटमा दुई पार्टीका कार्यकर्ताबीच झडप भयो । झडपमा घाइते भएका नेपाली काँग्रेसका दुई जना कार्यकर्तालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरियो भने बाँकी छ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । काँग्रेस कार्यकर्ताहरु नवीन खड्का, चित्रबहादुर खड्का, कृष्ण पुन, वीरबहादुर वली, दुर्गाबहादुर वली, झुपलाल वली र वीरबहादुर वली घाइते भएका थिए ।
झडपको क्रममा काँग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र छिरेको भन्दै माओवादी निकट वाइसीएलले चौकीसमेत तोडफोड गरेको थियो । चौकीमा काँग्रेस कार्यकर्ता छिरेपछि वाइसीएल कार्यकर्ताले उनीहरूलाई बाहिर निकाल्न माग गरेका थिए । त्यसपछि चौकीभित्र दुबै पक्षबीच ढुंगामुढा हुँदा प्रहरी चौकीमा क्षति पुगेको हो । माओवादी कार्यकर्ताहरुले नेपाली काँग्रेसको तर्फबाट अध्यक्षको पदका उम्मेदवार रहेका अमरसिं खड्काले प्रयोग गर्दै आएको रा. १ च १२६२ नम्बरको जीप समेत तोडफोड गरे । आक्रोशित माओवादीहरुले अध्यक्षका उम्मेदवार खड्काको घरमा पनि तोडफोड गरेको नेपाली काँग्रेसले जनाएको छ ।
त्यस्तै, आठबीसकोट नगरपालिकाको ३ नम्बर वडामा भएको झडपमा परी एक प्रहरीसहित माओवादीका वडाध्यक्षका उम्मेदवार केशरमान विक, तुलबहादुर विक र सन्तोष विक घाइते भए । केन्द्रमा गठबन्धन गर्ने निर्णय भएपनि रुकुमपश्चिममा भने कांग्रेसले नेकपा एमालेसँग गठबन्धन गरेको छ । माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेको छ । ६ मध्ये चार स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भएको छ। मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस–एमालेबीच तालमेल छ।
चारवटै स्थानीय तहमा कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख पद लिएर तालमेल गरेका छन्। बाँफीकोट र त्रिवेणी गाउँपालिकाका भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अलग अलग उम्मेदवारी दिएका छन् । २०७४ सालको चुनावमा पनि कांग्रेस र माओवादीका कार्यकर्ताबीच ठाउँ ठाउँमा झडप भएको थियो । रुकुमपश्चिममा प्रतिष्पर्धी दल नै कांग्रेस माओवादी हुन् ।
क्याटेगोरी : जनगुनासो, जनप्रतिनिधि, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काँग्रेसका कार्यकर्ता, #कुटाकुट, #माओवादी कार्यकर्ता
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्