स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या ४७ लाखको हाराहारीमा, पारदर्शी बन्दै नागरिक
काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या ४७ लाख पुग्न लागेको छ । अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म ४६ लाख ७४ हजार दुई सय जनाले प्यान लिएका छन् ।
यसरी लिइएका प्यानमध्ये २९ लाख ४ हजार ७ सय जनाले व्यक्तिगत, १७ लाख ५३ हजार ६ सय जनाले व्यावसायिक र १५ हजार सात सय जनाले अग्रिम करकट्टी प्रयोजनको लागि लिएको पाइएको छ । यो विवरणले नेपालमा प्यान मार्फत आफ्नो आर्थिक कारोबार गर्नेहरु बढ्न थालेको देखिएको छ ।
हरेक व्यक्तिले गर्ने आर्थिक कारोबार प्यान कार्ड मार्फत भएमा पारदर्शी हुने र राज्यको संयन्त्रमा रेकर्ड हुने गर्दछ । यस्तै, चैतसम्म दुई लाख ९० हजार करदाता भ्याटमा दर्ता भएका छन् भने एक लाख १४ हजार आठ सय करदता अन्तः शुल्कमा दर्ता भएको अर्थ मन्त्रालयले जानकारि दिएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अर्थ मन्त्रालय, #पारदर्शी, #स्थायी लेखा नम्बर प्यान
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्