सत्ता गठबन्धन र एमालेलाई उमेद्वार छान्नै सकस, गठबन्धनबाटै चुनाव लड्न खोज्दा जिल्ला–जिल्लामा असन्तुष्टि

काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि स्थानीय तहको निर्वाचनका लागि उमेद्वारको मनोनयन दर्ता प्रक्रिया अघि बढाउदैछ । आइतबार र सोमबार दुई दिन मनोनयन दर्ताका लागि समय दिइएको छ । तर, प्रमुख राजनीतिक दलहरुलाई भने उमेद्वार छनोटमै सकस परेको छ । मनोनयनको दिन आउदा समेत सत्ता गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चा निरन्तर छलफलमा जुटेका छन् ।
केन्द्रमा महानगर, उपमहानगरमा दलहरुबीच भागबण्डा भएपनि जिल्लास्तरमा भने ब्यापक बिरोध भएको छ । कांग्रेसका नेता कार्यकर्ता त पार्टी कार्यालय तालाबन्दीदेखि राजीनामा समेत दिइरहेका छन् । दलहरुले उमेद्वार छनोटमा निक्कै कसरत गरेपनि अन्तिम टुंगो लाग्न सकेको छैन् । कांग्रेसमा आकांक्षी धेरै हुँदा समस्या देखिएको छ । अघिल्लो स्थानीय तहको निर्वाचन हुँदाको राजनीतिक समीकरणमा यतिबेला फेरबदल छ ।
नेकपा एमालेले काठमाडौं, र पोखरा–लेखनाथ, नेपाली कांग्रेसले ललितपुर र विराटनगर, नेकपा माओवादी केन्द्रले भरतपुर र संघीय समाजवादी फोरमले विरगञ्ज महानगरपालिका जितेका थिए । गत चुनावमा काठमाडौं एमाले र राप्रपा, भरतपुर र पोखरा–लेखनाथमा माओवादी र कांग्रेसको तालमेल थियो । अन्यत्र सबै दलले आ–आफ्नो उम्मेदवार खडा गरेका थिए । तर, अहिलेको समिकरण फरक भएसङ्गै र गठबन्धनले पनि भगवण्डा गरेर चुनाव लड्दैछन् । ६ महानगरका लागि गठबन्धन र एमालेका धेरै आकांक्षी छन् । काठमाडौ महानगरमा गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह उम्मेद्वार बन्ने सम्भावना बलियो छ । महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिसमा पनि सिंहको सिफारिश भएको छ ।
त्यस्तै एमालेबाट पुर्व मेयर तथा बागमती प्रदेश सभा सदस्य केशव स्थापित काठमाडौ महानगरको प्रमुखमा उठ्ने सम्भावना छ । अहिलेका मेयर बिद्यासुन्दर शाक्य पनि फेरि दोहोरिन चाहिरहेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनबाट भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहाल उमेद्वार हुने पक्का भएको छ । गठबन्धनको बैठकले भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई दिने सहमति गरेको थियो । उम्मेदवार बन्न रेनुले राजीनामा दिइसकेकी छिन् ।
त्यस्तै नेकपा एमालेले पनि गठबन्धनका विरुद्ध प्रदेशसभा सदस्य रहेका विजय सुवेदीलाई उठाउने भएको छ । बिरगन्ज महानगर सत्तागठबन्धन मध्ये जसपाको भागमा परेको छ । बिरगन्जमा जसपाबाट मेयरको उम्मेद्वार बन्ने सम्भावना छ । जसपाले राजेशमान सिंहलाई उम्मेदवार बनाउने निश्चित छ । त्यस्तै नेकपा एमाले र लोसपाको गठबन्धन भएर बिरगन्जमा चुनाव लड्ने भएका छन । एमालेले त्यहा भर्खरै मात्र पार्टी प्रवेश गरेका अहिलेका मेयर विजय सरावगीलाई उठाउने तयारी गरेको छ ।
त्यस्तै पोखरा महानगरपालिकाको भाग नेकपा एकीकृत समाजवादीलाई परेसङ्गै त्यहा गठबन्धनको तर्फबाट धनराज आचार्य र श्रीनाथ बरालको नाम चर्चामा छ । एमालेको तर्फबाट दर्जनबढी आकांक्षी देखिएका छन । प्रदेश सभा सदस्य कृष्ण थापा र राजिव पहारीले अकाक्षा देखाएपनि केन्द्रले प्रदेशसभा सदस्यलाई उम्मेदवार नबनाउने नीति लिएपछि उनीहरुको सम्भावना सकिएको छ ।
त्यस्तै उपत्यकाकै ललितपुर महानगरमा २०७४ साल कै प्रतिस्पर्धी दोहोरिने पक्क जस्तै छ । गठबन्धनको तर्फबाट फेरी पनि अहिलेका प्रमुख चिरिबाबु महर्हनको सम्भावना बलियो देखिएको छ । नेकपा एमालेको ललितपुर महानरपालिका कमिटीले मेयरमा हरिकृष्ण व्यञ्जनकारलाई अगाडि सारेको छ । बिराटनगर महानगरपालिकामा पनि गठबन्धनको तर्फबाट अहिलेका मेयर भिम पराजुली, डा डिला संग्रौला र इन्दिरा कार्कीको सम्भावना बलियो देखिएको छ ।
त्यस्तै एमालेबाट मलाल साह, बाबुराम कार्की, सागर थापाको नाम चर्चामा छ । यी चर्चाका आएका नामहरुमा दलहरुमा सहमति जुट्न सकेको छैन् । समय घर्किदै जाँदा मेयर बन्ने दाउमा रहेका क–कसले उमेद्वार दिन पाउछन् र को को बाहिरिन्छन् त्यो भने सोमबार बेलुकासम्म कुर्नुपर्ने देखिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #काठमाडौ महानगर, #प्रमुख राजनीतिक दल, #स्थानीय तहको निर्वाचन
तपाईको कमेन्ट लेख्नुहोस्