Techie IT
  • २७ असार २०८२, शुक्रबार
KhojPatrika

पशुपति धर्मशाला खाली गर्न जारी भयो सार्वजनिक सूचना


काठमाडौं । पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना जारी गरिएको छ ।

सम्झौता अनुसार काम नभएको भन्दै कोषले चैत १७ मा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर, बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन ।

सोमबार सार्वजनिक सूचना निकालेर कोषले धर्मशालामा रहेका सरसामान हटाउन भनेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पशुपति धर्मशाला, #बतास समूह

तपाईको कमेन्ट लेख्नुहोस्