मोदीसँगको भेटवार्ता उपलब्धिमूलक हुने प्रधानमन्त्री देउवाको विश्वास
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता उपलब्धिमूलक हुने दाबी गरेका छन् । भारत भ्रमणमा रहेका देउवाले भारतमा रहेको नेपाली दूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले स्वास्थ्य, ऊर्जा र पर्यटन लगायतका क्षेत्रमा दुई पक्षीय हित प्रवर्द्धन गर्न भ्रमणले सहयोग पुग्ने बताए ।
नेपाल र भारतबीच प्राचीन कालबाट रही आएको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन जरुरी रहेको देउवाको भनाई छ । प्रधानमन्त्री देउवाले भोली भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् ।
वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेल सेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु कोरिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वास्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्य दृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम पनि तय भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल र भारत, #भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, #शेरबहादुर देउवा
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्