एक्लै चुनावी मैदानमा होमिदै एमाले, मत परिणाममा कति पुग्ला धक्का
काठमाडौं । सत्तारुढ गठबन्धनका अन्य दलहरुले यसअघि नै निर्वाचनमा तालमेल गर्ने निणर्य गरिसकेकाले गठबन्धनमा कांग्रेस निर्णयको प्रतिक्षा थियो । मंगलवार कांग्रेसले पनि केन्द्रीय समितिको बैठकबाटै चुनावी तालमेल गर्ने निर्णय गरेपछि तालमेलको बाटो खुलेको छ । नेकपा एमालेका कतिपय नेताहरुले गठबन्धनले आफूलाई कुनै असर नपर्ने बताइरहँदा कतिपय नेता भने चुनावी नतिजामा गठबन्धनले एमालेलाई अप्ठ्यारो पार्ने स्विकार गर्छन् ।
अध्यक्ष केपी शर्मा ओली लगायतका केही नेताहरुले पाँच दलीय गठबन्धनले एमालेलाई कुनै असर नपार्ने सार्वजनिक अधिव्यक्ति दिने गरेका छन् । एमालेसँग डराएकाले कांग्रेस सहितका सत्ता गठबन्धनमा रहेका दल तालमेलसहित निर्वाचनमा जान लागेको उनीहरुको दावी रहन्छ । कतिपय एमाले नेताहरुले दावी गरेजस्तै के एमाले सत्ता गठबन्धनको तालमेलसँग डराएकै छैन होला त ? त्यस्तो पक्कै पनि होइन ।
चुनावी तालमेलले एमालेको ५० प्रतिशतभन्दा बढी सिट घट्ने कतिपय नेताहरुको आंकलन छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार एक्लाएक्लै चुनावमा गएको अवस्थामा एमाले झण्डै ७० प्रतिशत मत प्राप्त गर्नसक्थ्यो भने गठबन्धन बनेको अवस्थामा करिव ३० प्रतिशत मत मात्रै एमालेको भागमा पर्नेछ । यसरी हेर्दा गठबन्धन बनेको अवस्थामा ५० प्रतिशतभन्दा बढी मत कम हुने गुरुङको आंकलन छ ।
२०७४ सालको निर्वाचनमा बलियो उपस्थिति जनाएको एमाले अहिले विभाजित अवस्थामा निर्वाचनमा होमिँदै छ । एकातर्फ एमाले विभाजित छ । अर्कोतर्फ एमालेविरुद्ध गठबन्धन बन्दैछ । यस्तो प्रतिकूल अवस्थामा चुनावको नतिजा कस्तो आउँछ ? त्यो त मतपेटिका खुलेपछि नै थाहा होला । तर अहिले एमाले अत्यन्तै प्रतिकूल अवस्थामा निर्वाचनमा होमिएको अनुमान लगाउन भने कत्ति गाह्रो छैन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #गठबन्धन, #गठबन्धनमा कांग्रेस
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्