चुनाव लागेपछि रोल्पाको थबाङ पुगेका प्रचण्डले के दिए जनतालाई आश्वासन
काठमाडौं । स्थानीय तहको निर्वाचन माहोल बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी युद्धको उद्गमथलो रोल्पाको थवाङ पुगेका छन् । उनले रोल्पा नगरपालिकामा बनाइएको ‘जनयुद्ध स्मृति भ्यू टावर’ उद्घाटनसँगै लिवाङको कार्यक्रममा पनि सम्बोधन गरेका छन् । रोल्पा पुग्दा उनलाई स्थानीय र कार्यकर्ताले फूलमाला, अबिर लगाएर स्वागत गरेका थिए ।
रोल्पा नगरपालिकामा बनाइएको भ्यूटावरले युद्ध पर्यटनलाई टेवा पुग्ने अपेक्षा गरिएको छ । टावरमा १० वर्षे माओवादी विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ । कतिपयको सालिक पनि राखिएको छ । टावर करिब ६ करोडमा निर्माण गरिएको मेयर पूर्ण केसीले बताए ।
प्रचण्डले माओवादी युद्धको ऐतिहासिक रोल्पा अशान्तिमात्र होइन, ध्वंस मात्र पनि होइन, निर्माण पनि गर्न सक्छ भन्ने भ्यूटावरले देखाएको बताए । उनले जनयुद्धकालमा ऐतिहासिक कीर्तिमान कायम गरेको रोल्पाली जनताले प्रतिगमनविरुद्ध समेत रोल्पालाई लालकिल्ला बनाइराख्ने विश्वास व्यक्त गरे । आगामी निर्वाचनमा प्रतिगमनकारीलाई रोल्पाली जनताले परास्त गर्ने विश्वास भएको प्रचण्डको भनाई थियो ।
चुनाव नजिकिएसँगै रोल्पा पुगेका प्रचण्डले रोल्पाले क्रान्तिप्रतिको निष्ठा, विचार र नेतृत्वप्रतिको निष्ठालाई कम हुन दिएको भन्दै गुनगान गाए । उनले आगामी निर्वाचनमा पनि ती महान सहिदहरुलाई स्मरण गर्दै प्रतिगमनको षडयन्त्र परास्त गर्न फेरी लाल किल्लाको रुपमा कायम गर्ने बताएका थिए ।

क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, #प्रचण्ड, #रोल्पाको थवाङ
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्