ओलीको दाबीः निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीको गठबन्धन बने पनि जित्छौं
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि आफनो पार्टीले चुनाव जित्ने दाबी गरेका छन् । शनिवार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरू एकमुस्ट गठबन्धन गरेर आएपनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गरेका हुन् ।
उनले अन्य पार्टीहरू एमालेसँग डराएर यसका विरुद्धमा गठबन्धन बनाउन लागिरहेको बताए । उनले सबै पार्टीहरू एकातिर लागेपनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता एमालेको साथमा रहेको जिकिर गरे । उनले भने, ‘हाम्रा सबै कमरेडहरुले तयारी गर्नुपर्छ आ–आफ्नो ठाउँबाट ।
कलम चलाउन जान्नेहरू कलम लिएर उठ, बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ, उद्योगको क्षेत्रमा काम गर्ने उद्योगको क्षेत्रबाट उठ, कृषिको क्षेत्रमा काम गर्ने कृषिको क्षेत्रबाट उठ, जुन–जुन क्षेत्रमा जहाँ–जहाँ छौँ त्यहीँ–त्यहीँबाट उठ देशलाई विजयी बनाउन उठ, जनतालाई विजयी बनाउन उठ, एमालेलाई विजयी बनाउन उठ ।’ अध्यक्ष ओलीले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको समेत बताएका थिए ।
अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको बताए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #निर्वाचन आयोग
ताजा खबर
- १जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ७६ हजारको करिब ४६ अर्ब फिर्ता गर्न बाँकी
- २अध्यादेशको काम फत्ते भएपछि संसद बैठक बोलाउन सरकार तयार
- ३बालेन सरकारले सिफारिस गरेका ८ वटै अध्यादेश राष्ट्रपतिद्वारा जारी
- ४सरकारले भन्योः पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन
- ५कांग्रेसका पाँच भातृसंगठनका कार्यसमितिहरू स्वतः विघटन



तपाईको कमेन्ट लेख्नुहोस्