जसपाको आरोपः सांसद प्रमोद साहमाथि एमाले कार्यकर्ताले आक्रमण गरे
काठमाडौं । जनता समाजवादी पार्टीले प्रमुख सचेतक तथा संघीय सांसद प्रमोद साहमाथि नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ ।जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गरेर आक्रमण एमाले कार्यकर्ताले गरेको आरोप लगाएका हुन् ।
कामको सिलसिलामा गृह जिल्ला पुगेका सांसद साह र अन्य कार्यकर्ताहरूमाथि नेकपा एमालेका कार्यकर्ताहरूले सुनियोजित ढङ्गबाट आक्रमण गरी घाइते बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । एमालेले यस्ता घृणित र आपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं हुने समेत जसपाले चेतावनी दिएको छ ।
घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न नेपाल सरकारसँग जसपाले माग गरेको छ ।क्लबको जग्गाको विषयमा दुई पक्षबीच भएको झडपमा सांसद साह, उनका सुरक्षा गार्ड र जसपाका केही कार्यकर्ता घाइते भएका छन् । सांसद साहको टाउको फुटेको छ । उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जनता समाजवादी पार्टी, #नेकपा एमाले, #सांसद साह
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्