Techie IT
  • ८ असार २०८२, आईतबार
KhojPatrika

देहव्यापारको दृश्य हटाएर प्रकाश सपुतले फेरि अपलोड गरे पीर गीत


काठमाडौं । गायक प्रकाश सपुतले चर्चित गीत ‘पीर’मा केही दृश्य हटाएर युट्युमा पुनः अपलोड गरेका छन् । शनिबार पौने ६ बजे पुनः अपलोड गरिएको गीतबाट माओवादीकी पूर्व लडाकुले देहव्यापार गर्न बाध्य भएको दृश्य हटाइएको छ । माओवादीबाट आपत्ति व्यक्त भएको मुख्य दृश्य हटाएर गीतका अरू दृश्य तथा शब्द भने यथावत राखेर पुनः अपलोड गरिएको सपुतले जनाएका छन् ।

सपुतले पीरमा प्रतिकात्मक रुपमा राखिएको एउटा दृश्यले पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा चोट पुगेको र गीतको अन्य सौन्दर्यलाई समेत छायामा पारेको भन्दै हटाएको बताएका छन् । उनले पूरानो भिडिओ सेयर नगरिदिन समेत आग्रह गरेका छन् । उनले गीतलाई थप राजनीतिकरण नगर्न आग्रह समेत गरेका छन् ।

प्रकाशले युटुवमा लेखेका छन् सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा गलबन्दी १५ दिनमा कुरा बुझ्नपर्छ र ७ दिनमा पिर करोड़ पटक हेरिएको छ। हाम्रो प्रयासको ईतिहास र तपाईको प्रेमको ईतिहास निरन्तर दोहोरीएको छ। एउटा सर्जक र उसको टिमका लागी र समग्र व्यावसायिक सङ्गीत बजारका लागी यो अपार सफलता हो। तर, आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस भनेर मैले आफ्नो सफलतालाई सामान्य रुपमा लिन थालेको छु।

यधपि तपाइँको अमुल्य शुभेच्छा मेरो लागी असामान्य छ। मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिती र स्थान बनाएको छु। रेकर्डहरु बनाएको छु। सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको , एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु। केहि दृष्यमाथीको आलोचना, व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गीत र भिडियो त हटाएको छु तर गीत र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन ? आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन सोधिएका गम्भिर प्रश्नहरु ? उनले उल्लेख गरेका छन् ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #‘पीर’, #पूर्व लडाकु, #प्रकाश सपुत

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं