सडकमा चर्तिकला देखाउँदै मेयर विद्यासुन्दर शाक्य, सञ्चालनको डेढवर्षपछि पुल उद्घाटन

काठमाडौं । काठमाडौंको माइतीघर नजिकै बनेको यो आकाशे पुल डेढ बर्षदेखि सर्वसाधारणले आवात–जावत गरिरहेका छन् । पुल बनेर पनि आवात जावत भएर पुरानो भइसकेको छ । सिंहदरबार, सर्बोच्च अदालत,पुरातत्व विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत कार्यालयमा जान सहज पनि भइरहेको छ । तर, यहि आकाशे पुलमा बुधबार विहान अच्चमको दृश्य देखियो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य केही सिमित ब्यक्ती लिएर माइतीघर (पुरातत्व विभागअघि)को आकाशे पुलमा पुगे ।
सर्वसाधारणको आवात जावत भइरहेको थियो । तर, केहीबेरमै पुलमा रिवन बाँधियो र शिलालेख समेत राखियो अनि मेयर शाक्यले उद्घाटन गरे । यो दृश्य देखेर नियमित रुपमा पुल प्रयोग गर्नेहरु अचम्मित भएर हेरिरहे । अच्चमित नहुन पनि कसरी किनकि यो पुल डेढ वर्षअघि नै निर्माण सम्पन्न भएर प्रयोगमा आइसेको थियो । यो पुल २०७७ जेठ मै निर्माण सकिएर सर्वसाधारणले प्रयोग गर्न थालेका थिए । स्थानीय तहको चुनाव घोषणायता मेयर शाक्य दैनिकजसो विभिन्न पूर्वाधारको शिलान्यास कार्यक्रममा दौडधुप गरिरहेका छन् । तर, उनले डेढ वर्षअघि नै बनेर प्रयोगमा आएको पुलसमेत चुनावकै मुखमा उद्घाटन गर्न मेयर शाक्यलाई किन आवश्यक पर्यो होला ? भन्ने प्रश्न सर्वसाधारणले गरिरहेका छन् ।
सुरुमा बिजुलीको तारको समेत व्यवस्थापन नगरी पुल खुला गर्दा जोखिमयुक्त रुपमा सर्वसाधारणले पुल प्रयोग गरेका थिए । दुर्घटना हुनसक्ने भन्दै आलोचना भएपछि मात्रै महानगरले व्यवस्थापन गरेको थियो । कतिपय नटबोल्ट खुकुलो भएकाले मर्मतसम्भार गर्नुपर्ने अवस्थामा पुगेको पुलको मेयर शाक्यले चुनावको नजिकै पारेर उद्घाटन गरेका छन् । शाक्यले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८/९ करोड रुपैयाँ बजेट छुट्याएको दाबी गरे ।
मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट भएपनि सडकका पेटी सानो भएको कारण आवश्यक ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराए । तर, स्थानीय तहको निर्वाचनमा फेरि उमेद्वार बन्न खोजेका मेयर शाक्यले कमलपोखरी समेत उद्घाटन गर्ने तयारी गरेका छन् । पाँच बर्षमा एक सय एक काम गर्ने चुनावी नारा दिएका मेयर शाक्यले कार्यकाल सकिदै गर्दा भने सस्तो लोकप्रियताको फण्डामा रमाउदै एमाले अध्यक्ष केपी शर्मा ओलीको पदचाप पच्छाइरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #आकाशे पुल, #विद्यासुन्दर शाक्य, #शिलालेख समेत राखियो
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्