बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेको घोषणा, आज फेल भए भोलि ट्रायल दिने व्यवस्था गर्छौं
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सहज बनाउने दाबी गरेका छन् । आइतबार बागमती प्रदेशसभामा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले ट्रायल सेन्टरहरु बढाउने गरी कार्यविधि पास गरिसकेको भन्दै समाधान गर्ने गरी काम गर्ने बताएका हुन् ।
‘१५ लाख नागरिक सवारी साधन प्रमाणपत्र पाउन बाँकी छ । तर, अबको तीन वर्ष लाग्दा पनि उनीहरुले त्यो प्रमाणपत्र लिन सक्ने अवस्था छैन् । त्यो खालको अफ्ठ्यारो स्थिति छ’ उनले भने, ‘त्यसैले छिटो भन्दा छिटो सवारी साधन चालक प्रमाणपत्र दिन ट्रायल सेन्टरहरु बढाउने, त्यसको लागि पनि हामीले कार्यविधि पास गरिसकेका छौँ । आज फेल भएको मान्छेले भोलि नै ट्रायल दिन सकोस् भन्ने हिसाबले काम अघि बढाएका छौं ।’
मुख्यमन्त्री पाण्डेले यातायात कार्यालयको सेवालाई विद्युतीय गर्ने पनि दाबी गरे । ‘चाँडै नै त्यो कार्यविधि अनुसार काम गर्न इच्छुक कम्पनीहरु आउनेछन् । हामी क्यासलेस सिस्टममा लैजान सक्छौं’ उनले भने । सांसदहरुले प्रश्न सोधेपछि पाण्डेले जवाफ त दिए तर, तत्काल त्यो सम्भावना पनि देखिदैन । अहिले पनि यातायात कार्यालयमा सामान्य सेवा समेत सहज रुपमा सेवाग्राहीले पाउन सकेका छैनन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मुख्यमन्त्री राजेन्द्र पाण्डे, #सवारी चालक अनुमतिपत्र
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्