नेपाल निजामती कर्मचारी युनियनको युवा सचिवमा भुपेन्द्र अधिकारीको उम्मेद्वारी घोषणा
काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनका लागि गोपालप्रसाद पोखरेल समूहले उम्मेदवारी घोषणा गरेको छ । युनियनका वर्तमान अध्यक्षसमेत रहेका खोटाङ निवासी पोखरेलले आगामी कार्यकालका लागि पुनः उम्मेदवारी दिन लागेका हुन् ।
अध्यक्ष पोखरेल समूहको वरिष्ठ उपाध्यक्षमा उत्तम कटवाल, महासचिवमा दुर्गा फुँयाल, उपाध्यक्षमा यज्ञ वलीले उम्मेदवारी दिने भएका छन् । यस्तै, पोखरेल समुहले युवा सचिवमा भुपेन्द्र अधिकारीलाई अघि सारिएको छ । ईमान्दार र कर्तव्यनिस्ट कर्मचारीको रुपमा छवि बनाएका अधिकारीले रुकुम जस्तो द्धन्दग्रस्त जिल्लामा समेत काम गरेका थिए।
सचिब पदका उम्मेद्धार अधिकारी हाल युनियनको केन्द्रीय सदस्य छन । त्यसैगरी प्रदेश उपाध्यक्षमा प्रदेश नं १ बाट मानबहादुर वन, मधेश प्रदेशबाट राजकिशोर राउत, बागमती प्रदेशबाट दीपकराज मिश्र, गण्डकी प्रदेशबाट दीपक रेग्मी, लुम्बिनी प्रदेशबाट मदन गौतम, कर्णाली प्रदेशबाट चन्द्रबहादुर खड्का, हरि क्षेत्री र कृष्ण सेजुवाल आंकाक्षि देखिएका छन। तर, उम्मेदारको टुङ्गो भने लागिसकेको छैन। सुदूरपश्चिम प्रदेशबाट चेतराज जोशी उम्मेदवारी दिने तय भएको छ ।
नेपाल निजामती कर्मचारी युुनियनको नयाँ नेतृत्व चयनका लागि यही फागुन २१ देखि २३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ । कोरोना सङ्क्रमणका कारण गत माघ ८ देखि १० गतेका लागि तय भएको महाधिवेशन स्थगित भएको थियो ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल निजामती कर्मचारी युनियन, #भुपेन्द्र अधिकारी
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्