नेपाल बाल संगठनको सरकारी जग्गा बैंक अफ काठमाण्डुमा धितो, ३१ करोड ऋण लिएको खुलासा
काठमाडौं । भारतीय लगानीद्वारा संचालित बृहस्पति विद्या सदनले सरकारी जग्गा धितो राखेर करोडौँ ऋण लिएको पाइएको छ । नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा नक्सालस्थित नेपाल बाल मन्दिरको २९ रोपनी ४ आना जग्गा ५९ वर्षसम्मका लागि सस्तो भाडा दरमा हत्याएको बृहस्तपति विद्या सदनले ३१ करोड रुपैयाँ निकालेको पाइएको हो ।
कानुन अनुसार सरकारी जग्गा धितो राखेर ऋण लिन नमिल्ने भएपनि राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त बैंक अफ काठमाण्डुले उक्त जग्गा धितो राखेर ३१ करोड ३३ लाख रुपैयाँ ऋण प्रवाह गरेको पाइएको हो । बैंकमा बृहस्पति विद्या सदनले उक्त जग्गा ‘लियन’ अर्थात जुन धितो बापतको जग्गा राखेपछि रकम चुक्ता नगरेसम्म स्वामित्व ग्रहण गर्न सक्ने गरी कर्जा लिएको भेटिएको छ ।
तत्कालिन बाल संगठनका अध्यक्ष रीता सिंह बैद्य, लगायत पदाधिकारीले बृहस्पतिलाई सम्झौता गरी जग्गा दिएकी थिइन् । वार्षिक जम्मा ९० लाख रुपैयाँ भाडामा दिइएको उक्त जग्गामा बृहस्पतिले अवैध संरचना समेत निर्माण गरिरहेको छ । सरकारी जग्गा कानुन विपरित धितो राखेर कर्जा लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । नेपाल बाल संगठनको जग्गा कब्जा गर्न बृहस्पतिले कमिसन समेत बुझाएको र बालबालिका पढाउन समेत बिद्यार्थीबाट शुल्क उठाइएको आरोप लागेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल बाल संगठन, #बृहस्पति विद्या सदन, #रीता सिंह बैद्य
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्