एमसीसी पारितपछि माओवादीभित्रको विवाद उत्कर्षमा, नारायणकाजी समूहलाई फकाउँदै प्रचण्ड
काठमाडौं । एमसीसी पारित भएसँगै नेकपा माओवादी केन्द्रभित्र आन्तरिक विवाद चुलिएको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता प्रतिनिसधसभाबाट अनुमोदन गर्ने पार्टीको निर्णयमा फरक मत राख्दै आएका नेता नारायणकाजी श्रेष्ठसहितका पूर्व एकताकेन्द्रका नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट बनेका हुन् ।
सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठसहितका असन्तुष्ट नेताहरुतर्फ संकेत गर्दै पार्टी छाडेर गए हुन्छ भन्ने रुखो अभिव्यक्तिपछि माओवादी केन्द्रमा बिवाद उत्कर्षमा पुगेको आँकलन गरिएको छ । चुलिएको बिवाद मथ्थर गर्न भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेता श्रेष्ठलाई भेट्न मंगलबार उनको निवास हात्तीवन पुगेका छन् ।
एमसीसी पास गर्न नहुने अडान राख्दै आएका नेता श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणी पोखरेल, अञ्जना बिसंखेसहित पूर्वएकताकेन्द्रका नेता कृष्णबहादुर महरा, राम कार्की लगायतले १२ बुँदे ब्याख्यात्मक घोषणालाई स्वीकारेका छैनन् । यही विषयलाई लिएर मओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई फकाउन लागिपरेका छन् ।
बिवादकाबीच आगामी शुक्रबार माओवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ । महासचिव लगायत पदाधिकारीहरू छान्ने कार्यसूची रहेको सो बैठकमा पूर्वएकताकेन्द्रका नेताहरूले फरक मत राख्ने र त्यहीँबाट पार्टी फुट्न सक्ने आँकलनसहित अध्यक्ष प्रचण्डले विवाद मिलाउन सक्रियता बढाएको नेताहरूले बताएका छन् । प्रचण्ड निकट नेताहरुले भने यो भेटघाट फागुन २० गतेको बैठकको तयारीका क्रममा भएको सामान्य भेटघाट भनेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा माओवादी
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्