कोरोना संक्रमण कमी भएपछि नेपालमा बढ्यो पर्यटकको चहलपहल, एक महिनामै आए १६ हजार
काठमाडौं । कोरोना महामारीले थलिएको नेपाली पर्यटन उद्योग चलायमान हुने शुभ सङ्केत देखिन थालेको छ । गत जनवरी महिनामा १ सय ५० देशका १६ हजार ९ सय ७५ जना पर्यटकले नेपाल भ्रमण गरेसँगै लामो समय सिथिल बनेको पर्यटन उद्योग चलायमान हुने देखिएको हो ।
अध्यागमन विभागले २०२२ को जनवरीमा नेपाल भित्रने पर्यटकमा १० हजार ८ सय १० जना पुरुष र ६ हजार १ सय ५७ जना महिला रहेको बताइएको छ । जनवरीमा नेपाल प्रवेश गर्ने ८ जनाको भने पहिचान खुलेको छैन । जनवरीमा अस्ट्रेलियाबाट १ हजार २ सय १३, बंगलादेशबाट १ हजार २ सय ३६, चीनबाट ३ सय २१, जर्मनीबाट ३ सय ६५, भारतबाट ३ हजार ९ सय १६, बेलायतबाट १ हजार ८ सय २४ र अमेरिकाबाट ३ हजार २ सय ५७ जना पर्यटक नेपाल आएका छन् ।
गत जनवरीमा नेपाल भ्रमणमा आएका मध्ये १७ हजार ९८४ जना पर्यटक स्वदेश फर्किसकेका छन् । यसरी फर्कनेमा ११ हजार ६१७ जना पुरुष र ६ हजार ३ सय ६१ जना महिला पर्यटक रहेको अध्यागमन विभागले जानकारि दिएको छ । फर्कनेमध्ये ६ जनाको पहिचान खुलेको छैन । जनवरीमा कूल ३४ हजार ९५९ जना पर्यटकले नेपालमा आवतजावत गरेको सरकारी रेकर्ड छ ।
विश्वमा कोरोना महामारी फैलिएपछि सबैभन्दा बढी मार पर्यटन क्षेत्रमा परेको छ । कोरोना नियन्त्रण गर्न लामो समयसम्म विश्वभर लकडाउन भएपछि पर्यटकको आवतजावत प्रायः ठप्प बनेपनि कोरोना खोपको विकास र प्रयोग बढेसँगै पर्यटकको आवतजावत बिस्तारै सहज बन्न थालेको छ । कोरोना महामारीबीच गत वर्ष सन् २०२१ मा नेपालमा १८१ देशका १ लाख ५० हजार ९६२ जना पर्यटकले भ्रमण गरेका छन् । यो वर्ष पर्यटकको संख्यामा उल्लेख्य बृद्धी हुने आशा गरिएको छ ।
क्याटेगोरी : जनगुनासो, पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली पर्यटन, #पर्यटक
ताजा खबर
- १रास्वपालक्षित प्रचण्डः सञ्जालमा हाहा र हुहु गरेर केही हुन्न
- २गगन थापाको सन्देश– बदलिएको कांग्रेसले सिद्धान्तसँग सम्झौता गर्दैन, सत्तामा जान जोसँग पनि मिल्दैन
- ३धाँधलीको आशंका गर्दै ओलीले भने-भ्याइँदैन भने मिति सार, चुनाव एकै दिन हुनुपर्दछ
- ४स्वास्थ्य बीमाका लागि बजेट आउँछ, समस्या तत्काल समाधान गर्छुः प्रधानमन्त्री कार्की
- ५निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान



तपाईको कमेन्ट लेख्नुहोस्