सत्तारुढ गठबन्धनमा दरार, कांग्रेस एमालेको सहकार्य कति सम्भव ?
काठमाडौं । सत्तारुढ गठबन्धनबीचको द्धन्द्धात्मक अबस्थाले राजनीति थप तरल बनिरहँदा बिहिबार प्रतिनिधि सभा बैठक बस्दै छ । एमसीसी पारित गर्न हर तरहले जोड गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग नयाँ ढंगको सहकार्यका लागि प्रस्ताव गरेका छन् । तर, सहकार्यका लागि कांग्रेस र एमाले बीचको ठोस सहमति भने बनिसकेको छैन ।
सत्तारुढ गठबन्धनमा दरार पैदा भएसंग प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन बहु बिकल्पमा लागिपरेका छन् । उनले बालु्वाटारमा मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओली सहित शीर्ष नेताहरुसंग २ घण्टा छलफल गरे । छलफलमा ठोस सहमति भैसकेको सार्वजनिक नभएपनि कांग्रेस एमाले सहकार्यको कुनै न कुनै मोडेल बिकास हुने आकलन गरिएको छ ।
कांग्रेस र एमालेका शीर्ष नेताहरु सहमति भएको स्वीकार गर्न तयार त छैनन् तर सम्भावना भने जिवितै रहेको बताउछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अबसरमा बुधवार बालकोट पुगेका एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसंग कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा के कुरा भयो भन्ने हाम्रो प्रश्नमा उन्को जवाफ यस्तो थियो । बुधवार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिनिधिको रुपमा गृहमन्त्री बालकृष्ण खाँडले बालकोट पुगेर एमाले अध्यक्ष ओलीसंग छलफल गरेका थिए ।
एमालेले कुनै पनि हालतमा गठबन्धन तोडिएमात्र साथ दिन सक्ने शर्त राखेको छ । उस्ले संसद खुलाउने बातावरण बन्नुपर्नेमा पनि जोड दिंदै आएको छ । त्यसपछि मात्र सत्ता समीकरणका बिकल्पहरुमा कांग्रेससंग सहमति हुन सक्ने एमालेको बटमलाइन छ । कांग्रेस एमालेको सहकार्यमा के प्रगति भैरहेको छ भन्ने बिषयमा कांग्रेस उप सभापति धनराज गुरुङको जवाफ यस्तो छ । एमसीसीलाई थप गिजोलिन नदिन प्रतिनिधि सभाबाट छिटो प्रक्रिया गरि टुग्याउने रणनीतिमा सरकार छ ।
बिहीवारको बैठकमा एमसीसी सम्झौता छलफलका लागि कार्यसूचीमा परिसकेको छ । बैठकमा अनिवार्य उपस्थितिका लागि कांग्रेसले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको छ । जसरी पनि एमसीसी पारित गर्ने सरकारको जोडबल संगै बर्तमान सत्ता गठबन्धन कायमै रहन्छ कि एमालेसंगको सहकार्यको ढोका खुल्छ त्यसका लागि भने केहि समय प्रतीक्षा गर्नुपर्ने हुन्छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #शेरबहादुर देउवा, #सत्तारुढ गठबन्धन
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्