एमसीसीलाई विहिबार छलफलमा लगिने, यस्तो छ संसदको कार्यसूची
काठमाडौं । प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई बिहिबारबाट छलफलमा लगिने भएको छ । भोलिको सदनमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख छ । सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन् ।
फागुन ८ गते एमसीसी सदनमा टेबल भएको थियो । अर्थमन्त्रीले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला उनी अनुपस्थित भएका थिए । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले विहीबार कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् ।
एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे उक्त बैठकमा पनि छलफल हुनेछ । एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ तथा विपक्ष दलहरुसँग निरन्तर छलफल गरिरहेका छन् ।

क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमसीसी, #सदनमा एमसीसी
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्