एमाले अध्यक्ष केपी शर्मा ओलीले पाए स्काउटको मेधावी योगदान पदक
काठमाडौं । विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको मेधावी योगदान पदक नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन् ।
विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धन मार्फत् बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्याएको योगदानका लागि सो पुरस्कार प्रदान गरिएको नेपाल स्काउटले जानकारी दिएको छ ।
ओली मेधावी योगदान पदक प्राप्त गर्ने पहिलो नेपाली समेत भएका छन् । प्रधानमन्त्रीकै रुपमा ओलीले बालबालिकासँग प्रधानमन्त्री कार्यक्रम सुरुवात गरेका थिए । नेपाल स्काउटलाई ७ सय ५३ वटै स्थानीय तहमा विस्तार गर्न सहयोग गरेको भन्दै सो पुरस्कार प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #मेधावी योगदान पदक, #विश्व स्काउट
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्