एमसीसीबारे सत्तागठबन्धनमा आज निर्णायक छलफल, जुट्ला त पास गर्ने सहमति
काठमाडौं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौतामा सहमति खोज्न आज सत्ता गठबन्धनमा निर्णायक छलफल हुँदैछ । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा तिब्र मतभेद छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जुनसुकै अवस्थामा पनि एमसीसी संसदमा लैजाने पक्षमा छन् । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्ष यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नहुने पक्षमा उभिएका छन् ।
नेपाली कांग्रेसले भने एमसीसी सम्झौता पारित गर्नु पर्ने निर्णय गरिसकेको छ । प्रमुख प्रतिपक्षी दल एमाले भने पर्ख र हेरको अवस्थामा छ । माओवादी केन्द्रले प्रधानमन्त्री देउवा एक्लै अघि बढे सरकारबाट बाहिरिने चेतावनी दिएपछि सत्ता गठबन्धनमा भाडभैलो हुने देखिएको छ । बुधबार प्रचण्डको आग्रहमा प्रधानमन्त्री देउवाले आज गठबन्धनको निर्णायक बैठक बोलाएका हुन् । संसद्को अर्को बैठक भोलि बस्दै छ । भोलि जसरी पनि एमसीसी संसदमा टेबल गर्नेमा प्रधानमन्त्री अडिग छन् ।
स्थानीय तहको चुनाव नजिकिँदै गएकाले कांग्रेस बाहेकका शीर्ष दलले एमसीसीलाई राजनीतिक अस्त्रको रुपमा लिएका छन् । एमसीसीलाई नै चुनावी एजेन्डा बनाउने उनीहरुको दाउपेच छ । माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एमसीसी संसदबाट पारित गर्दा चुनावमा असर पर्ने भय छ। अमेरिकाले एमसीसी सम्झौतामा परिमार्जन हुन नसक्ने र आउँदो १६ गतेसम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि प्रधानमन्त्री देउवा दबाबमा गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमसीसी, #सत्ता गठबन्धन
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्