एमसीसीबारे सत्तागठबन्धनमा आज निर्णायक छलफल, जुट्ला त पास गर्ने सहमति

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौतामा सहमति खोज्न आज सत्ता गठबन्धनमा निर्णायक छलफल हुँदैछ । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा तिब्र मतभेद छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जुनसुकै अवस्थामा पनि एमसीसी संसदमा लैजाने पक्षमा छन् । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्ष यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नहुने पक्षमा उभिएका छन् ।
नेपाली कांग्रेसले भने एमसीसी सम्झौता पारित गर्नु पर्ने निर्णय गरिसकेको छ । प्रमुख प्रतिपक्षी दल एमाले भने पर्ख र हेरको अवस्थामा छ । माओवादी केन्द्रले प्रधानमन्त्री देउवा एक्लै अघि बढे सरकारबाट बाहिरिने चेतावनी दिएपछि सत्ता गठबन्धनमा भाडभैलो हुने देखिएको छ । बुधबार प्रचण्डको आग्रहमा प्रधानमन्त्री देउवाले आज गठबन्धनको निर्णायक बैठक बोलाएका हुन् । संसद्को अर्को बैठक भोलि बस्दै छ । भोलि जसरी पनि एमसीसी संसदमा टेबल गर्नेमा प्रधानमन्त्री अडिग छन् ।
स्थानीय तहको चुनाव नजिकिँदै गएकाले कांग्रेस बाहेकका शीर्ष दलले एमसीसीलाई राजनीतिक अस्त्रको रुपमा लिएका छन् । एमसीसीलाई नै चुनावी एजेन्डा बनाउने उनीहरुको दाउपेच छ । माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एमसीसी संसदबाट पारित गर्दा चुनावमा असर पर्ने भय छ। अमेरिकाले एमसीसी सम्झौतामा परिमार्जन हुन नसक्ने र आउँदो १६ गतेसम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि प्रधानमन्त्री देउवा दबाबमा गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमसीसी, #सत्ता गठबन्धन
ताजा खबर
- १डा.बाबुराम भट्टराईको प्रस्ताव प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सांसद मन्त्री बन्न नपाउने
- २लुम्बिनी प्रदेशको बजेट आइबार आउँदै, चालू आवभन्दा घटाइँदै
- ३मन्त्री पन्तले भने निजी विद्यालयलाई निषेध गरेर जान सकिँदैन
- ४०८३ को मंसिर अघि नै महाधिवेशन हुन्छः गगन थापा
- ५जनार्दन शर्मालाई पार्टी छोड्न नभनेको प्रचण्डको दाबी
तपाईको कमेन्ट लेख्नुहोस्