Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

संसद बैठक बस्दै,एमसीसी होला त टेबुल ?


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्नै बैठकको सम्भावित कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव राखिएको छैन। संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख छ। तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गर्ने पर्ने दवाव दिइरहेका छन् ।

त्यहि छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो। बैठकको कार्यसूची तयार गर्नका लागि विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बस्ने प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको बैठक पनि अवरोध गर्ने जानकारी दिए। सरकारले प्रमुख प्रतिपक्षीलाई सहमतिमा ल्याउने भन्दा पनि पूर्ण रुपमा वेवास्ता गर्दै अघि बढेको एमालेको आरोप छ।

आफूले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरी सभामुख अग्निप्रसाद सापकोटाले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ। कांग्रेसले एमसीसीसँगको सम्झौता आज संसद्‌मा टेबल हुने बताएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमसीसी, #प्रतिनिधिसभाको बैठक

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं