बाबुराम भट्टराई भन्छन् भीम रावलको पीएचडी नक्कली
काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेकपा एमालेका नेता डाक्टर भीम रावलको पीएचडी नक्कली हो कि भनेर आशंका गरेका छन्। गएराति सामाजिक सञ्जालमा लेख्दै आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीलाई पुष्टी गर्न चेतावनी दिंदै नक्कली पीएचडीको संज्ञा दिएका हुन्।
यी कण भीम रावलले पीएचडी गरेको भनेर नाउँको अगाडि डा पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ’, डा भट्टराईले लेखेका छन्। उनले दाबी गरेजस्तो बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैनरु कि यी नक्कली पीएचडी हुन् ? सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
भट्टराईले आफू प्रधानमन्त्री भएका बेला ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न रावललाई चुनौती दिए। एमसीसी पास नगर्न भन्दै नेता रावलले सांसदहरूलाई हिजो लेखेको स्मृति पत्रमा भनिएको छ, ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त थियौं, बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो।
वास्तवमा प्रतिनिधि सभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ।’ यस्तो आरोप लागेपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर भट्टराईले त्यसको स्रोत, मिति र स्थान खुलाउन नेता रावललाई चुनौती दिएका हुन्।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमसीसी, #पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, #भीम रावल
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्