Techie IT
  • २६ भदौ २०८१, बुधबार
KhojPatrika

बहुदलीय व्यवस्था पुर्नस्थापनापछि गठबन्धनको सरकार चलाउन माहिर शेरबहादुर देउवा


काठमाडौं । राजनीतिको मोर्चामा असक्षमको दाग लागेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको सरकार चलाउन भने माहिर छन् । तत्काल स्थानीय निकायको निर्वाचनको विरोधमा रहेका सत्तासीन दलहरुलाई मनाएर आगामी जेठ महिनामा चुनाव गराउन सहमतिमा ल्याउँदै देउवाले आफूलाई फेरि एक पटक सत्ता राजनीतिको माहिर खेलाडीका रुपमा परिचित गराएका छन् । बहुदलीय व्यवस्था पुर्नस्थापना यता गठबन्धनको सरकार चलाउन सबैभन्दा माहिर मानिएका नेता हुन्, प्रधानमन्त्री शेरबहादुर देउवा ।

नेकपा माओवादीले ज्ञापन पत्र बुझाउदै सशस्त्र विद्रोहको सुरुवात गर्दा गठबन्धन कै सरकार चलाएका देउवा अहिले त्यही माओवादीको बलियो साथ पाएर पाँचौ कार्यकालका लागि प्रधानमन्त्री बनेका छन् । त्यति मात्र नभएर गणतन्त्र स्थापना यता त्यही माओवादीको समर्थन उनी दुई पटक सत्ताको नेतृत्वमा पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हात समातेर प्रधानमन्त्री बनेपछि देउवाले २०७४ सालमा स्थानीय निकायको निर्वाचनको तेस्रो चरण सम्पन्न गराउने मौका पाएका थिए ।

हुनत उनको नेतृत्वमा भएका स्थानीय निकायको मात्र नभएर संघीय र प्रदेश निर्वाचनमा कांग्रेस कमजोर देखियो । तर, गणतान्त्रिक नेपालको पहिलो स्थानीय निकायको चुनावको तेस्रो तथा अन्तिम चरणका साथै आम निर्वाचन सम्पन्न गराउने उनी भाग्यमानी प्रधानमन्त्री बन्न पुगे । उता कांग्रेसको कमजोर प्रदर्शनपछि पार्टीभित्र आलोचना हुँदा उनले कांग्रेसले हारेपनि लोकतान्त्रिक पद्धतिबाट चुनाव सम्पन्न गराएर मुलुकलाई जिताएको दाबी गरेका थिए । अहिले उनै देउवाको काँधमा लगातार दोस्रो पटक संघीय गणतन्त्रिक नेपालको स्थानीय तहदेखि प्रदेश र संघीय निर्वाचन गराउने जिम्मेवारी आएको छ ।

हुनत माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धनमा पहिले संघीय र त्ष्सपछि मात्रै स्थानीय निकायको चुनाव गर्ने प्रस्ताव राखेका थिए । यो प्रस्तावसँगै प्रमुख प्रतिपक्षी नेकपा एमाले राजनीतिक रुपमा ससंकित मात्र बनेन, झण्डै महिना दिन नै अनेक टिकाटिप्पणीको वर्षा पनि ग¥यो । तर, सत्तागठबन्धनका दलहरुको चित्त बुझाएरै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन जेठ मसान्तभित्र गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनमा उत्रिने घोषणा गरेको एमालेको मुख समेत बन्द भएको छ ।

विगतमा स्थानीय निकायको चुनाव नगराएर लामो समय जनप्रतिनिधि बिहिन बनाएको आरोप लाग्ने गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो पटक आरोपबाट बच्न पनि जोखिम मोलेका छन् । २०७४ को चुनावपछि कांग्रेसलाई सत्तामा जाने बाटो नै बन्द थियो । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीकै दम्भ र एकलकाँटे निर्णयका कारण पाँचौ पटक देउवालाई सत्तामा पुग्ने अवसर जुर्यो । एमालेबाट बिभाजित भएर सत्ता साझेदार बनेको नेकपा एकिकृत समाजवादी पार्टीले समेत अहिले देउवाको कार्यशैलीलाई रुचाएको छ ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै जाने प्रधानमन्त्री देउवाको प्रतिबद्धता छ । तर, कांग्रेसभित्रै एक्लै चुनावमा जानुपर्छ भन्ने बिचारपनि बलियो छ । तर, देउवा १३ औं महाधिशेनमा पराजय भोगेर आफनै गुट चलाइरहेका नेता रामचन्द्र पौडेलदेखि कृष्ण सिटौलासम्मको साथले पार्टीभित्र पनि थप बलियो देखिएका छन् । २०७४ को निर्वाचनमा कांग्रेसको पराजयले आलोचित बनेका देउवा यसपटक भने गठबन्धन गरेरै भएपनि पहिलो पार्टी बनाउने योजनामा छन् ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गठबन्धनको सरकार, #शेरबहादुर देउवा, #संघीय र प्रदेश निर्वाचन

तपाईको कमेन्ट लेख्नुहोस्