चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीमाथि किन भयो ढुंगा प्रहार
काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीमाथि ढुंगा प्रहार भएको छ । काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिएको हो । उनी सवार गाडीमा अज्ञात व्यक्तिले ढुंगा प्रहार गरी क्षति पुर्याएको आयोगले जनाएको छ।
नियमित कार्यसम्पादनको लागि निवासबाट कार्यालयतर्फ जाँदै गर्दा सवारी साधानमा ढुंगा प्रहार गरी जिउज्यानमाथि भौतिक आक्रमणको प्रयास हुनुको साथै गाडीमा व्यापक क्षति पुगेको आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
आयोगले घटनाको भर्त्सना गर्दै अमानवीय र अनैतिक काम गर्ने व्यक्ति समूहलाई पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न सरकासँग माग गरेको छ। ढुंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै गाडीमा क्षति भएको आयोगले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ढुंगा प्रहार, #श्रीकृष्ण गिरी
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्