मन्त्री प्रेम आलेले भने सरकारी जग्गामा गिद्धे नजर लगाउनेलाई छाड्दिन
काठमाडौं । भारत सरकार समेतको लगानीमा ३४ करोड रुपैयाँमा निर्माण गरिएको धर्मशाला २०७६ सालमा १० बर्षका लागि बतास समूहलाई भाडामा दिइएको थियो । पशुपति क्षेत्रमा १७ रोपनी क्षेत्रफलमा फैलिएको उक्त जग्गा भाडामा दिँदा ऐन नियम मिचिएको आशङ्कासहित संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले छानविन समिति गठन गरेका थिए ।
मन्त्री आलेको निर्देशनमा पुष २३ गते पशुपति विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठन भएको छानबिन समितिले पुष ३० गते प्रतिवेदन पेश गरेको थियो । छानविन समितिले ठेक्का प्रकृयामा अनियमितता भएको ठहरसहित पुष ३० गते उक्त प्रतिवेदन पेश गरेको थियो । तर मन्त्री आलेलाई कोरोना भएकाले समितिले मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाएको थियो ।
मन्त्री आले कोरोनाबाट मुक्त भएसँगै मंगलबार मन्त्रालयमा छानबिन समितिका प्रतिनिधि, पशुपति विकास कोषका पदाधिकारी र मन्त्रालयका कर्मचारीहरुको बैठक राखी उक्त प्रतिवेदनले दोषी ठहर गरेका कसैलाई पनि नछाड्ने बताएका हुन् । मन्त्री भएपछि आफूले गरेको कामलाई कतिपयले मन्त्रीको स्टन्डको रुपमा चित्रित गरेको बताउँदै मन्त्री आलेले आफूले कुनै किसिमको स्टन्टका लागि नभई सुधारका लागि काम गरेको र सुधारको कामले निरन्तरता पाउने बताए ।
त्यस्तै लुम्बिनी विकास कोषको गुरुयोजनामा परेको जग्गा संसारा वलनेस रिसोर्टलाई दिएको विषयलाई पशुपति धर्मशाला र नारायणहिटी संग्रहालयको केससँग जोडेर हेर्न खोजिएकोप्रति पनि मन्त्री आलेले आपत्ति जनाए । उद्योगी सुरज बैद्ययको छोरी सभाना बैद्य बस्न्यातको उक्त कम्पनीलाई प्रकृया पु¥याएरै जग्गा उपलव्ध गराईएको मन्त्री आलेको जिकिर छ ।
मन्त्री आलेले एकल निर्णयको आधारमा सबै प्रकृया मिचेर उक्त जग्गा जिम्मा लगाउन खोजको आरोप लागिरहेको अवस्थामा आलेले उक्त जमिन जिम्मा लगाउँदा सबै प्रकृया पूरा गरिएको स्पष्ट पारे । आफूलाई स्टन्ट मन्त्री भनिएकोमा कडा आपत्ति जनाएका मन्त्रीका कामहरु स्टन्टका लागि हुन् अथवा उनले दाबी गरेझैं सुधारकै लागि त्यो भने उनका यसपछिका गतिविधिले प्रमाणित गर्दै जानेछन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रेमबहादुर आले, #बतास समूह
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्