उत्तर कोरियाद्वारा मंगलबार फेरि दुईवटा क्रुज मिसायल परीक्षण
काठमाडौं । उत्तर कोरियाले दुईवटा क्रुज मिसाइल प्रहार गरेको छ । मंगलबार बिहान समुद्र तर्फ लक्षित गरी उत्तर कोरियाले दुईवटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले बताएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले उल्लेख गरेको छ ।
उत्तर कोरियाले गरेको मिसाइल प्रहारको दक्षिण कोरिया र अमेरिकाका गुप्तचर अधिकारीले विश्लेषण गरिरहेका छन् । उत्तर कोरियाले यो वर्ष सुरु भएसँगै मिसाइल परीक्षण तीव्र बनाएको छ । यो वर्ष लागेसँगै उत्तर कोरियाले पाँचपटक मिसाइल परीक्षण गरिसकेको छ । जनवरी १७ मा उसले छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।
त्यसअघि जनवरी ११ र ५ मा हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । यसैगरी जनवरी १४ मा छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । ब्यालेस्टिक मिसाइल तथा आणविक हतियार बनाउन प्रतिबन्ध लागेको भए पनि उत्तर कोरियाले लगातार आफ्नो अस्त्र क्षमता बिस्तार गरिरहेको छ ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #उत्तर कोरिया, #क्रुज मिसाइल
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्