कोरोना संक्रमणको ग्राफ दैनिक बढ्दो, एकैदिन १२ हजार ३ सय ३८ जना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट गरिएको २७ हजार ४ सय ९७ परिक्षणमा काठमाडौ उपत्यकामा ६ हजार ९ सय ८१ नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै गएतापनि संक्रमण पुष्टि हुने दर भने घटेको छ ।
बुधबार पीसीआर परीक्षण गर्दा सङ्क्रमण दर ५२.६ प्रतिशत रहेकोमा बिहीबार यो घटेर ४७.९ प्रतिशत पुगेको छ । एन्टिजेन परीक्षणमा भने सङ्क्रमण दर ३४.७ प्रतिशतबाट बढेर ३५.२ प्रतिशत पुगेको छ । संक्रमण भने बुधबार ११ हजार ३ सय ५२ जना र मगंलबार १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
६ सय ४९ जना निको भएका छन् । देशभर संक्रिय संक्रमितको संख्या ५७ हजार ३ सय २८ पुगेको छ । जसमध्ये ५५ हजार ८ सय ३६ जना होमआइसोलेसन र १ हजार ४ सय ९२ जना संस्थागत आइसोलेसनमा छन् । उपचारमा रहकामध्ये १ सय जनाको आइसियु र २७ जनाको भेन्टिलेटरमा उपचार भैरहको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस संक्रमण
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्