गठबन्धनभित्र बैठकमा एउटा कुरा,सञ्चारकर्मीसँग अर्कै कुरा,बैशाखमा चुनाव हुनै गाह्रो
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक मंगलबार बस्यो । समाचार बाहिरियो बैशाखमा स्थानीय निर्वाचन गर्न गठबन्धनमा सहमति जुट्यो । बिहिबार मिति तय गर्न फेरि बैठक बस्ने । तर, बैठकमा भने त्यस्तो कुनै सहमति नभएको पाइएको छ । निर्वाचन आयोगले वैैशाखमै स्थानीय तहको चुनाव गर्नुपर्ने दबाब राजनीतिक दललाई दिएपनि दलहरु भने त्यसमा एकमत हुन सकेका छैनन् ।
निर्वाचन आयोगले जेठ ५ अगाडी नै चुनाव गर्नुपर्ने भन्दै त्यसका लागि दुई बिकल्प अघि सारेको थियो । एकै चरणमा सम्पन्न गर्ने भए बैशाख १४ र दुई चरणमा गर्ने भए बैशाख १४ र बैशाख २२ गते गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ । निर्वाचन आयोगले सिफारिस गरेको मितिका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहमत भएपनि सत्ता गठबन्धनमा मतभेद देखिएको छ ।
निष्कर्ष बिहीन जस्तै बनेको मंगलबारको बैठकपछि प्रतिक्रिया दिदै सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि समयमा चुनाव गर्ने सहमति भएको बताएपनि गोलमटोल जवाफ दिए । वैशाखमा स्थानीय तहको चुनाव गराउने पक्षमा कांग्रेस तयार भएपनि गठबन्धनका अन्य दल भने त्यसमा तयार छैनन् । जसका कारण अब बैशाख या मंसिरमा भएपनि तिनै तहको चुनाव एकैपटक गराउने छलफल भएको छ । छुट्टाछुट्टै चुनाव भएमा एमालेलाई हराउन नसक्ने निष्कर्ष निकालेका माओवादी केन्द्र र एकिकृत समाजवादीका कारण कांग्रेस पनि त्यसमा सहमत भएको बुझिएको छ ।
शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा ग्रिन सिग्नल दिएका हुन् । जसका कारणले पनि मंगलबारको बैठकमा कानुन नै संशोधन गरेर भएपनि स्थानीय, प्रदेश र प्रतिनिधिसभा तीन तहकै चुनाव एकैपटक गर्ने पक्षमा सत्ता साझेदार पाँच दलीय गठबन्धन उभिएको बुझ्न कठिन छैन । गठबन्धन आयोगले प्रस्ताव गरेको मिति लत्याउदै संविधानको धारा २२५ मा भएको ब्यबस्था बमोजिम पदावधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्ने सोचमा छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ज्ञानेन्द्रबहादुर कार्की, #बैशाखमा स्थानीय निर्वाचन
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्