सार्वजनिक सेवा लिन खोपकार्ड अनिवार्य गरेपछि खोप लगाउने बढे, तर खोप केन्द्र थोरै हुँदा असहज

काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि विज्ञहरुले खोपको पहुँच र दायरा बढाउन आग्रह गरेका छन् । आउँदो माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा जाँदा खोप कार्ड अनिवार्य गरिएपछि खोप लगाउनेहरुको सङ्ख्या बढेको हो । तर, खोप केन्द्र थोरै हुँदा नागरिकलाई असहज भएको छ ।
सरकारले पुस मसान्तसम्म १८ वर्षका दुई तिहाइ जनसङ्ख्यालाई खोपको पूरा मात्रा दिने लक्ष्य लिएको छ । अहिलेसम्म वाग्मती र गण्डकी प्रदेशले मात्र यो लक्ष्य हासिल गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा ८३ प्रतिशतले एक डोज र ७९ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।
वाग्मतीमा ७८ प्रतिशतले पहिलो र ७५ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । प्रदेश १ मा ७२ प्रतिशतले पहिलो र ५० प्रतिशतले पूर्ण तथा प्रदेश २ मा ५२ प्रतिशतले पहिलो र ४२ प्रतिशतले पूर्ण डोज लगाए । लुम्बिनीमा ७२ प्रतिशतले पहिलो र ५२ प्रतिशतले पूर्ण तथा कर्णालीमा ५५ प्रतिशतले पहिलो र ४७ प्रतिशतले दोस्रो डोज लगाएका छन् ।
सुदूरपश्चिममा ६३ प्रतिशतले पहिलो र ५६ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । हिजोसम्म कुल जनसङ्ख्याको ३७ दशमलव ८ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्