सार्वजनिक सेवा लिन खोपकार्ड अनिवार्य गरेपछि खोप लगाउने बढे, तर खोप केन्द्र थोरै हुँदा असहज
काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि विज्ञहरुले खोपको पहुँच र दायरा बढाउन आग्रह गरेका छन् । आउँदो माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा जाँदा खोप कार्ड अनिवार्य गरिएपछि खोप लगाउनेहरुको सङ्ख्या बढेको हो । तर, खोप केन्द्र थोरै हुँदा नागरिकलाई असहज भएको छ ।
सरकारले पुस मसान्तसम्म १८ वर्षका दुई तिहाइ जनसङ्ख्यालाई खोपको पूरा मात्रा दिने लक्ष्य लिएको छ । अहिलेसम्म वाग्मती र गण्डकी प्रदेशले मात्र यो लक्ष्य हासिल गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा ८३ प्रतिशतले एक डोज र ७९ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।
वाग्मतीमा ७८ प्रतिशतले पहिलो र ७५ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । प्रदेश १ मा ७२ प्रतिशतले पहिलो र ५० प्रतिशतले पूर्ण तथा प्रदेश २ मा ५२ प्रतिशतले पहिलो र ४२ प्रतिशतले पूर्ण डोज लगाए । लुम्बिनीमा ७२ प्रतिशतले पहिलो र ५२ प्रतिशतले पूर्ण तथा कर्णालीमा ५५ प्रतिशतले पहिलो र ४७ प्रतिशतले दोस्रो डोज लगाएका छन् ।
सुदूरपश्चिममा ६३ प्रतिशतले पहिलो र ५६ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । हिजोसम्म कुल जनसङ्ख्याको ३७ दशमलव ८ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्