बतासले निकाल्यो बचाउको बिज्ञप्ती,सञ्चारमाध्यमले नबुझी समाचार प्रकाशन प्रशारण गरेको आरोप

काठमाडौं । नारायणहिटी दरबार संग्राहलय परिसरको जग्गा सस्तो दरमा लिजमा लिएर क्याफेटेरिया चलाउने तयारी गरेको बतास समुह अहिले चर्चाको केन्द्रमा छ । लामो समयसम्म पनि बिबाद कम नहुँदा चुपचाप नै बसेको बतास समुहले पछील्लो समय भने स्पष्टिकरण दिन थालेको छ । बतास समुहले बिज्ञप्ती नै निकालेर सम्झौता रद्द गर्न सरकारलाई चेतावनी समेत दिएको छ । सरकारी सम्पत्ति तथा सांस्कृतिक सम्पदा कौडीको भाउमा भाडामा लिएर ब्यवसाय संचालन गर्दै आएको बतास समुह नारायणहिटी दरबार संग्राहलयको जग्गामा भौतिक संरचना निर्माण गरेसँगै विवादमा तानियो ।
पशुपती धर्मशालादेखी पाटनको कोतपाटी हुँदै पोखराको रामघाटसम्म लिजमा लिएर व्यवसाय संचालन गर्दै आएको बतास समूहले कहिल्यै पनि अहिले जस्तो विवादको सामना गर्नु परेको थिएन । मिडिया सामु आउन सधैँ हच्किने यो समुहका प्रमुख आनन्दराज बतास स्ट्रिङ्ग अपरेशनमा परेसँगै चर्चाको केन्द्रमा आएका थिए । त्यसबेला उनले देखाएको दम्भ र राजनीतिक साईनो बारे त्यसको स्पष्टिकरण दिन समेत मिडिया आउनु पर्ने उनको बाध्यता बन्यो । त्यही कारण विभिन्न संचारमाध्यम मार्फत उनले आफ्नो कुरा पोख्न थालेका छन् । हुदा हुँदै बुधबार विज्ञप्ती नै निकालेर उनले स्पष्टिकरणको नाममा सरकारलाई चेतावनी दिएका छन ।
अध्ययन गर्न बनाइएको समितिले समेत आफुलाई केही नसोधी एकलौटी प्रतिवेदन तयार पारेको उनको दाबी थियो । त्यतिमात्र नभएर उनले सत्य र झुट पर्दाफास अदालतमा हुने दाबी समेत गरेका थिए । स्पष्टिकरण दिदा दिदा हैरानी भएपछी बतास अर्गनाइजेशनले आफूमाथि लागेको आरोपबारे ७ बुँदे विज्ञप्ति नै निकाल्न वाध्य भयो । अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले बुधबार विज्ञप्ति जारी गरेर सञ्चारमाध्यमले सत्यतथ्य नबुझी एकपक्षीय रुपमा समाचार प्रकाशित गरेको आरोप समेत लगाएका छन् ।
विज्ञप्तिमा बतासले नारायणहिटी दरबार संग्रहालय क्याफ्टेरिया भाडा, नेपाल भारतमैत्री पशुपति धर्मशाला, पाटन दरबार क्षेत्र, मानहुँकोट, गण्डकी कृषि सामाग्री केन्द्र, अक्सिजन प्लान्ट, सेती नदी अन्तर्गत रामघाट र मोरे खहरे क्षेत्रमा ड्याम निर्माणसम्बन्धी ठेक्काका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । जम्मा तीन वर्षका लागि अत्यन्तै कडा शर्तहरुसहित सो संग्रहालय क्षेत्रको क्याफ्टेरिया भाडामा लिएको र त्यहाँ आफ्नो तर्फबाट पाँच करोड भन्दा माथिको लगानी गर्ने योजनासहित तीन करोडभन्दा बढी लगानी गरिसकेको बतासको भनाइ छ ।
यस्तै नेपाल–भारत मैत्री पशुपति धर्मशाला नियम संगत ढंगले आफूले सञ्चालन गरिएको भन्दै बतासले धर्मशाला भाडामा दिने जिम्मेवार निकाय पशुपति विकास कोष लगायतलाई प्रश्न गर्नुको साटो उल्टै आफूलाई बद्नाम गर्न खोजिएको बताएका छन् । पाटन दरबार क्षेत्रमा केही वर्ष अघिदेखि नै बतास अर्गनाईजेशनले केही कवल कोठाहरु भाडामा लिएको सत्य रहेको बतासको भनाइ छ ।
यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन प्लान्ट स्थापनाका लागि उपकरण नेपालसम्म ल्याउन ढिलो भएकाले समयमा काम सम्पन्न गर्न नसकिएको भनाइ छ । यस्तै पोखरा स्थित सेती नदीका रामघाट र मोरे खहरे क्षेत्रमा स्थायी ड्याम निर्माण गरी ३५ वर्षसम्म नदीजन्य सामाग्री संकलन तथा निकासी गर्ने प्रयोजनका लागि पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडेलमा काम गर्न प्रस्ताव आह्वान गरेको र यो प्रक्रियामै रहेको बतास समूहको विज्ञप्तिमा उल्लेख छ । बतासले उच्च तहका नेतासँग आफ्नो राम्रो सम्बन्ध भएको समेत स्वीकारेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बतास समुह
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्