करिब अढाई सय नायब सुब्बाका लागि दरखास्त आह्वान (बिज्ञापनसहित)
काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधक) नायव सुब्बा पदका लागि करिब अढाई सय जनाका लागि दरखास्त आह्वान गरेको छ।
आयोगले बुधबार सूचना जारी गर्दै विभिन्न सेवा समूहका लागि खुला तथा समावेशी पदको विज्ञापन जारी गरेको हो। दरखास्त माघ १८ गतेसम्म दिन सकिने छ। दोब्बर दस्तुरमा माघ २५ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ।
दरखास्त http://psconline.psc.gov.np/ बाट पनि दिन सकिने जनाइएको छ। दरखास्तका लागि १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएकाहरूका हकमा ४० वर्ष ननाघेको हुनुपर्ने आयोगले जनाएको छ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, लाेकसेवा/जागिर, समाचार
ट्याग : #नायव सुब्बा पद
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्