Techie IT
  • ८ असार २०८२, आईतबार
KhojPatrika

पर्यटन मन्त्री प्रेम आले चढेको गाडीलाई कारले दियो ठक्कर


काठमाडौं । कैलालीको धनगढीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ। मन्त्री आले चढेको सु.प. प्रदेश ०१–००१ झ ३३३ नम्बरको गाडी मंगलबार राति धनगढी विमानस्थलनजिकै सडकमा दुर्घटनामा परेको हो। सो गाडीलाई बा ४ च १३७७ नम्बरको कारले ठक्कर दिएको कैलालीका प्रहरीले जनाएको छ ।

धनगढी विमानस्थलबाट बाहिरिने क्रममा निजी कारले मन्त्री आले चढेको गाडीमा ठक्कर दिएको थियो । कारले ठक्कर दिए पनि सवार रहेका मन्त्रीसहित सबै जना सकुशल रहेको र अर्को गाडी चढेर कञ्चनपुर पुगेका छन् । कार चालक कञ्चनपुर कृष्णपुर ९ निवासी पवन कडायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं