बतास ग्रुपका अध्यक्ष बतासलाई एमाले अध्यक्ष ओलीको जवाफ मेरो ज्वाइँ कोही छैन्
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग ज्वाइँ नाता पर्ने बताएका बतास ग्रुपका अध्यक्ष आनन्दराज बतासलाई कडा जवाफ फर्काएका छन् । ओलीले नारायणहिटी सङ्ग्रहालयभित्र रेस्टुरेन्ट चलाउन खोजेका आनन्दराज बताससँग आफनो कुनै नाता नरहेको बताएका हुन ।
भद्रपुरस्थित सहिद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्र सेवक भवनको उद्घाटन कार्यक्रममा ओलीले भने, ‘सञ्चारमाध्यममा बोलाएर अन्तरवार्ता दिन लगाएर म त केपी ओलीको ज्वाइँ हो भन्न लगाउनु ?, मेरो त छोराछोरी देशभरी छन्, छोरीसँग बिहे गर्ने ज्वाइँ र छोरासँग बिहे बुहारी त हुन्छ नि। यस्तो कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्नु र मेरो ज्वाइँ भने नि किन दिनु त सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बनाउन ठेक्का ?’ ओलीले भनेका छन् ।
बतासले ससुराली झापा भएका कारण ओलीले आफूलाई ज्वाइँ भनेर सम्मान गर्ने गरेको हाम्रो स्टिङ अप्रेशनमा बताएका थिए। ‘एक सय २० कोष निल्न सक्ने भगवान् हनुमान भन्दा पनि ठूलो एक सय ८० कोष भएका मुख बाउनेहरूले देखीदेखी नारायणहिटी निल्न खोज्यो,’ उनले भने, ‘जनताले कराउन थालेपछि हतारहतार त्यो भत्काउन लगाइयो।’ नेकपा एमाले देशमा चुनाव पर्खिरहेको भन्दै जनादेशबाट परमादेश भएको यो सरकार ‘म्यादी सरकार’ भएको टिप्पणी ओलीले गरे।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अध्यक्ष केपी शर्मा ओली
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्