बेथितिको अर्को नमुना,वडाध्यक्ष ७७ बर्ष पुग्दा काठमाडौं महानगरले दियो ५ लाखको भोज

काठमाडौं । यतिबेला सरकारी जग्गा हडप्नेदेखि जनप्रतिनिधि अमेरिका उड्नेसम्मका घटना बाहिरिरहेका छन् । त्यस्तै अर्को काठमाडौं महानगरपालिले गरेको अर्को नमुना बेथिति पनि बाहिरिएको छ । काठमाडौं महानगरपालिकाले वडा नंं १ का अध्यक्ष भरतलाल श्रेष्ठको भीमरथारोहण (जंको) गरेर लैनचौर ब्यांक्वेटमा भोज खुवाएको हो ।
नेवार समुदायमा ७७ वर्ष सात महिना सात दिन सात घडी र सात पलाको अवसरमा जंको गर्ने चलन छ । यो गर्दा महानगरको ५ लाख सकिएको छ । भोजमा महानगरका मेयर विद्यासुन्दर शाक्य पनि सहभागि भएका थिए । श्रेष्ठ एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । महानगरका मेयर विद्यासुन्दर शाक्य पनि एमालेबाटै निर्वाचित हुन् । १६ मंसिरमा श्रेष्ठको जंको गर्दा महानगरले पाँच लाख रुपैयाँ खर्चेर भोज खुवाएको हो ।
मेयर शाक्य, महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र कर्मचारी भोज खान लैनचौर ब्यांक्वेट पुगेको आजको नयाँ पत्रिका दैनिकले उल्लेख गरेको छ । महानगरका सहप्रवक्ता महेशकुमार काफ्लेले वडाध्यक्षको जंकोको अवसरमा महानगरको खर्चमा ब्यांक्वेटमा खाना खुवाइएको स्विकारे गरेका छन् ।
जनताको करबाट उठेको पैसाले जनप्रतिनिधिलाई शुभकामना दिने नाममा भोज खुवाउन मिल्छ भन्ने प्रश्नमा महानगर– १५ का वडाध्यक्षसमेत रहेका प्रवक्ता ईश्वरमान डंगोलले भने जवाफ दिन रुचाएनन् । प्रश्नबाट पन्छिँदै उनले भने, ‘शुभकामना दिने भनेर कार्यक्रम गर्ने निर्णय भएको हो, बाँकी पछि भनौँला ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्