रुकुमपूर्वमा हिउँमा फसेका १४ जनालाई हेलिकप्टरबाट गरियो उद्धार

रुकुमपूर्व । एक सातादेखि हिउँमा फसेका १४ मजदुरको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ घुसदुङमा १४ जना मजदुरहरु सात दिनदेखि हिउँमा फसेका थिए । आइतबार मजदुरहरु हिउँमा फसेको थाहा पाउने बित्तिकै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले उद्धारका लागि गृहमन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकोप्टर पठाउन पहल गरेका थिए ।
सोमबार दिउँसो सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उहाँहरुलाई सकुशल उद्धार गरेको प्रजिअ बास्कोटाले जानकारी दिए । हिउँमा फसेकाहरुमा १० जना पुरुष र ४ जना महिला रहेका छन् । वडा नम्बर २ पेल्मा गाउँका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानि बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेबी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुनलाई उद्धार गरेर उनीहरुलाई पेल्मामा छाडिएको छ ।
सबै जना नजिकैको ओढारमा बसेका थिए । गाउँपालिकाको वडा नम्बर २ मा स्थानीय सडक निर्माणका लागि खटिएका उनीहरु गत १३ र १४ गते बाक्लो हिउँ परेर जमेपछि बसिरहेकै ठाउँमा फसेका थिए । गाउँपालिकाबाट परेको योजना अन्तर्गत बाटो निर्माणमा खटिएका उनिहरु बाक्लो हिउँका कारण आउन सकेका थिएनन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #हेलिकप्टर मार्फत उद्धार
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्