निजामती कर्मचारी युनियन रुकुम पूर्वको अध्यक्षमा दशरथ ओली चयन

काठमाडौं । नेपाल निजामति कर्मचारी युनियन रुकुमपूर्वको अध्यक्षमा दशरथ ओली चयन भएका छन् । शनिबार रुकुम पूर्वको सिस्ने शिक्षा क्याम्पसमा आयोजना भएको युनियनको दोस्रो जिल्ला अधिवेशनले ओलीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
युनियनको नयाँ कार्य समितिको उपाध्यक्षमा धनबहादुर अधिकारी, नुमना पुन, अनुराधा झा, सचिवमा थलराज बस्नेत, सह–सचिवमा नरेश ओली र कोषाध्यक्षमा गणेश ओली चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा छविलाल घर्ति मगर, डिला भुषाल, सर्वजीत पुन, दिपा खड्का, थलवीर कसेरा, शुरेन्द्र प्रसाद यादव, दिल बहादुर खड्का, ओपेन्द्र ओली, गोपाल केसी र तुल बहादुर विष्ट चयन भएका हुन् । अधिवेशनले दुई जनालाई केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरेको छ । जसमा विश्व केसी र निर्मला शर्मा रहेका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा नेपाली काँग्रेस रुकुम पूर्वका उप–सभापती भिम बहादुर खड्का, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य सरिता विसी, नेपाली कांग्रेस रुकुम पूर्वका महाधिवेशन प्रतिनीधि लक्षिराम घर्ती लगायतको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्