भेटिएनन् माओवादी महाधिवेशनबाट चोरी भएका ल्यापटप र प्रिन्टर
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनस्थलबाट चोरी भएका ल्यापटप र प्रिन्टर भेटिएका छैनन् । महाधिबेशनको मिडिया सेन्टरबाट हराएका ल्यापटप र प्रिन्टर चोरी भएपछि हल्लाखल्ला नै भएको थियो ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको तीन दिन बित्दा समेत चोर पत्ता लागेको छैन् । अहिले मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकारबाहेकका पत्रकारलाईसमेत प्रवेशमा कडाइ गरिएको छ ।
महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द रहेको र शुक्रबारबाट फेरि खोलिएको छ । महाधिबेशनबाटै ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रतिनिधिहरु समेत आश्चार्यमा परेका छन् । कडा सुरक्षाकाबीच भइरहेको महाधिबेशनमा चोरी हुनु र अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गर्न नसक्नु दुर्भाग्य भएको प्रतिनिधिहरुले गुनासो गरेका छन् ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा माओवादी
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्