भेटिएनन् माओवादी महाधिवेशनबाट चोरी भएका ल्यापटप र प्रिन्टर
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनस्थलबाट चोरी भएका ल्यापटप र प्रिन्टर भेटिएका छैनन् । महाधिबेशनको मिडिया सेन्टरबाट हराएका ल्यापटप र प्रिन्टर चोरी भएपछि हल्लाखल्ला नै भएको थियो ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको तीन दिन बित्दा समेत चोर पत्ता लागेको छैन् । अहिले मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकारबाहेकका पत्रकारलाईसमेत प्रवेशमा कडाइ गरिएको छ ।
महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द रहेको र शुक्रबारबाट फेरि खोलिएको छ । महाधिबेशनबाटै ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रतिनिधिहरु समेत आश्चार्यमा परेका छन् । कडा सुरक्षाकाबीच भइरहेको महाधिबेशनमा चोरी हुनु र अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गर्न नसक्नु दुर्भाग्य भएको प्रतिनिधिहरुले गुनासो गरेका छन् ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा माओवादी
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्