प्रचण्डको राजनीतिक प्रतिबेदनमाथि चिरफार, समूहगत छलफलमा परिमार्जनसहित पारित गर्नुपर्ने सुझाव
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको छ । छलफलका क्रममा प्रतिनिधिहरुले अस्पस्ट भएका र आधार तय नभएका कार्यक्रम तथा नितीहरुमा सुझाव दिएपछि त्यसलाई समावेश गरेर अन्तिम प्रारुप तयार पारिने छ । उता माओवादी केन्द्का नेता राम कार्कीले पनि महाधिवेशनमा छलफलका लागि पूरक प्रस्ताव अगाडि सारेका छन् ।
नेकपा माओवादी केन्द्रको जारी आठौ महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्ताबेजमाथि माथि छलफलका लागि विभिन्न २५ वटा समूह गठन गरिएको छ । ती समूहहरूले महाधिवेशनको तेस्रो दिन मंगलबार, प्रचण्डको प्रतिवेदनमाथि अध्ययन तथा छलफल गरेका छन् । छलफलको क्रममा प्रतिनिधिहरुले प्रतिवेदनमा पूर्णता नपाएका बिषयलाई सुझावको रुपमा प्रस्तुत गर्ने तयारी गरेका छन् ।
खासगरी प्रतिवेदनमा उल्लेख गरिएका उत्पादनसँग जोडीएका र कुटनितिक बिषयमा केही प्रस्ट धारणा नआएकोले केही कुरा थप गरेर प्रतिवेदनलाई अन्तिम रुप दिने प्रयास थालिएको छ । त्यसबाहेक माओवादीका नेता राम कार्कीले पनि छलफलका लागि पुरक प्रतिवेदन समेत पेश गरेका छन । उनले सोमबार नै सबै प्रतिनिधिलाई पुरक प्रतिवेदन उपलब्ध गराएका थिए । तर त्यो प्रतिवेदनमा भने बन्द सत्रमा छलफल हुन सकेन । प्रतिवेदन माथि गरिएको छलफलमा सुझाव दिनको लागि एक जना प्रतिनिधिलाई १५ मिनेट समयसीमा तोकिएको छ ।
उनीहरुले बुधबार दिउँसो एक बजेसम्म सुझाव दिन पाउनेछन् । तीन दिनसम्म प्रतिवेदन मै छलफल भइरहेकोले महाधिवेसन लम्बिने संकेत समेत देखिएको छ । प्रतिनिधिहरुले महाधिवेशनस्थल प्रज्ञा भवनका विभिन्न हलसहित पार्टी कार्यालय र पार्टी प्यालेसमा समेत जम्मा भएर प्रतिवेदनमाथि छलफल गरिरहेका छन् । महाधिवेशनअन्तर्गत बुधबार १ बजे बन्द सत्र सुरु हुने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै आज बसेको स्थाई कमिटी बैठकले केन्द्रीय कमिटी र पदाधिकारीहरूमा समानुपातिक समावेशी कलस्टर तयार गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । संविधान र पार्टीको विधान व्यवस्था अनुसार पार्टीका प्रत्येक कमिटीमा समानुपातिक समावेशी संख्या विभाजन गर्न समिति गठन गरिएको हो । बैठकले देव गुरुङको नेतृत्वमा शक्ति बस्नेत, जनार्दन शर्मा, विष्णुपुकार श्रेष्ठ र गिरिराजमणि पोखरेल रहेको पाँच सदस्यीय समिति गठन गरेको हो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आठौं महाधिवेशन
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्