नोबेल शान्ति पुरस्कार विजेता टुटुको अन्त्येष्टि जनवरी १ मा
काठमाडौं । रंगभेदविरुद्ध लामो समय लडेका दक्षिण अफ्रिकाका नेता डेसमण्ड टुटुलाई विश्वभरका नेताले श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन् । नोबेल शान्ति पुरस्कार विजेता टुटुले रंगभेदी आन्दोलनमा नेल्सन मण्डेलासँग मिलेर काम गरेका थिए।
टुटुको शनिबार ९० वर्षको उमेरमा निधन भएको थियो । दक्षिण अफ्रिकामा उनको सम्मानमा एक हप्तासम्म श्रद्धाञ्जलिका विभिन्न कार्यक्रम हुनेछन्। उनको केप टाउनमा आगामी जनवरी १ मा अन्त्येष्टि गरिने उनको फाउण्डेसनले जनाएको छ।
पोप फ्रान्सिस, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती महारानी एलिजाबेथ द्वितीय, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामामासहितले टुटुको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले वक्तव्य जारी गरेर टुटुले दक्षिण अफ्रिकालाई स्वतन्त्र बनाउन ठुलो योगदान गरेको बताए ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ताजा खबर
- १जेन–जी विद्रोहमाथि दमन गर्नेहरूलाई अन्तरर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गर्छौंः गृहमन्त्री अर्याल
- २केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छः लेखराज भट्ट
- ३राजेन्द्र लिङदेनको प्रस्तावः राजा, राजनीति दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं
- ४केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य
- ५पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित



तपाईको कमेन्ट लेख्नुहोस्