Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

जालान त ओली भेट्न बालकोटमा देउवा–प्रचण्ड,रोकिएला त संसद अवरोध


काठमाडौं । नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि प्रतिनिधि सभा बन्धक बनेको छ । एमालेको होहल्ला र नाराबाजीकाबीच बिद्येयक र अध्यादेश पारित गर्ने काम भइरहेको छ । अहिलेपनि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच गतिरोध अन्त्य गर्न संवाद नै भएको छैन् । तर, शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई ओलीसँग छलफल गर्न बालकोट जाने प्रस्ताव अघि सारेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट जाने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेका छन् । राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यमा शनिबार सम्पादकहरुसँग भएको छलफलमा प्रचण्डले प्रधानमन्त्री देउवाले महाधिवेशन पछि जाउँला भनेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा समेत नेकपा एमालेका अध्यक्ष ओली अनुपस्थित रहँदै आएका छन् ।

लगातार संसद अवरुद्ध गर्ने र सर्वदलीय बैठकमा समेत नआएको भन्दै प्रचण्डले माओवादीको राष्ट्रिय सम्मेलनपछि एमाले अध्यक्ष ओलीसँग छलफल हुने जानकारी दिए । अध्यक्ष प्रचण्डले संसदभित्र एमालेले जात्रा देखाएको आरोप लगाए । एमालेले सदनमा माधव नेपाललाई देख्न नचाहेको भन्दै प्रचण्डले उसले गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप समेत लगाएका थिए ।

सर्वोच्च अदालत र सदनले समेत मान्यता दिइसकेको अवस्थामा एमालेले त्यो माग राख्नु राम्रो नरहेको प्रचण्डको भनाई छ । यहि मुद्धालाई उठाएर एमालेले तेस्रोपटक संसद विघटनको प्रयास गरिरहेको आरोप समेत प्रचण्डको छ । एमसीसीका सन्दर्भमा अध्यक्ष प्रचण्डले आफुहरु विदेशी लगानी वा सहयोग आउनै नदिने पक्षमा नरहेको बताए । ‘विदेशी लगानी वा सहयोग आउनै नदिने भन्ने होइन, सहयोग लिनुपर्ने पक्षमा भएपनि हरेक पक्षमा छलफल गर्नुपर्ने जरुरी रहेको बताए ।

अध्यक्ष प्रचण्ड’ले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भैरहेको दाबी गरे । अध्यक्ष प्रचण्डले अब प्रचण्डपथमा फर्किने अवस्था नभएको बताए । विगतमा कम्युनिष्ट पार्टीहरुसँगको एकता प्रक्रियाका क्रममा प्रचण्डपथ हतारमा स्थगित गरिएको भएपनि अब त्यसैमा फर्किने अवस्था नभएको प्रचण्डको भनाई थियो ।

युद्धकालिन अवस्थामा प्रचण्डपथ पारित गरिएको उल्लेख गर्दै शान्ति प्रक्रियामा आइसकेपछि देशअनुसार पार्टीलाई ढाल्ने र वृहत्तर कम्युनिष्ट एकताका लागि स्थगन गरिएको उनको भनाई थियो । शान्ति प्रक्रियामा आएपछि देशअनुसार पार्टीलाई ढाल्ने र वृहत्तर कम्युनिष्ट एकताका लागि प्रचण्डपथ स्थगन गरिएको प्रचण्डको भनाई छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्