कांग्रेसमा खुला ३५ सदस्यको मतगणना सकियो, को–को भए निर्वाचित (सूची सहित)

काठमाडौं । नेपाली काँग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको अन्तिम नतिजा सार्वजनिक भएको छ । १४ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका ९९ जना मध्ये ३५ जना काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । काँग्रेस विधान अनुसार ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइराला खुला केन्द्रीय सदस्यमा प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।
देउवा प्यानलका गोपालमान श्रेष्ठ, एनपी साउद, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, सुनील थापा, उदयशमशेर राणा, गोविन्द भट्टराई, नैनसिंह महर, रामहरि खतिवडा, जिपछिरिङ लामा, जितजंग बस्नेत र पद्मनारायण चौधरी निर्वाचित भएका छन् ।
यस्तै देउवा पक्षका मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, कुन्दनराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, मोहन आर्चाय, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्य केन्द्रीय सदस्य बनेका छन् । यता, कोइराला प्यानलका अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, दिपक गिरी, गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी गरी ९ जना खुला केन्द्रीय सदस्य बनेका छन् ।
पौडेल समूहले १३ औं महाधिवेशन २५ जना मध्ये ११ जना केन्द्रीय सदस्य जितेको थियो । देउवा समूहबाट त्यतिबेला केन्द्रीय सदस्यमा चुनाव जितेका मध्ये १४ जना थिए । तर, अहिले ३५ जना खुला केन्द्रीय सदस्य आउँदा पनि कोइराला समूह ९ जनामै सीमित भएको छ ।
को–को कति मत ल्याएर बिजय भए
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्