प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै,एमाले सहभागि नहुने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । संससमा जारी अवरोध लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी विषयमा सहमति जुटाउन पनि बैठकमा छलफल हुने बुझिएको छ ।
सचिवालयका अनुसार बैठक आइतबार अपराह्न ४ बजे बस्ने छ । बैठकमा संसद्मा सहभागि सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि नेकपा (एमाले)ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोध खुलाउन लगायत विषयमा दलहरूबीच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए ।
नेकपा एमालेले भने सर्वदलीय बैठकमा सहभागी नहुने जनाएको छ । आफूले कारवाही गरेका नेता माधव नेपाल समेत बैठकमा सहभागी हुने भएपछि बैठकमा नजाने एमालेले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सर्वदलीय बैठक
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्