Techie IT
  • ८ असार २०८२, आईतबार
KhojPatrika

देउवा प्यानलबाट केन्द्रीय सदस्यमा मानबहादुर नेपालीको उम्मेदवारी,यस्तो छ राजनितिक यात्रा


काठमाडौं । नेपाली काँग्रेसका नेता मानबहादुर नेपाली रुकुम पश्चिममा इतिहास रच्ने उदेश्यले चुनावी मैदानमा उत्रिएका छन् । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्र्तगत उनको प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने टुँगो लागेको छ । पार्टी भित्र महामन्त्री पूर्णबहादुर खड्का र कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीका बिश्वास पात्र नेपाली निष्ठाको राजनीति गर्ने ब्यक्ति हुन ।

राजनीति शास्त्रबाट बिए उत्तिर्ण गरेका नेता नेपाली पार्टी भित्र बौधद्धक नेताको रुपमा चिनिन्छन् । हालसम्म रुकुमबाट कुनैपनि नेता केन्द्रीय सदस्य बन्न सकेका छैनन् । नेता नेपाली दलित समुदायबाट पार्टी भित्र जिल्ला सभापति हुने पहिलो नेता हुन । उनी राष्टिय दलित आयोगका पूर्व अध्यक्ष पनि हुन ।
माननबहादुर नेपालीको राजनीतिक यात्रा
राजनीति शास्त्रमा स्नातक उत्तिर्ण नेपाली लोकप्रिय नेता त हुन नै उनले बिगतमा माओबादी उद्गम थलो रुकुममा प्रजातन्त्र जोगाउन खेलेको भूमिका निकै अबिस्मरणिय छ । जो अबिचलित रुपमा नेपाली काँग्रेसको मियो बनेर रुकुम जस्ता बिकट पहाडी जिल्लामा लोकतन्त्रको रक्षार्थ सतिसाल बनेर उभिदै आएका एक सच्चा सिपाही हुन । स्पष्ट बक्ता नेता नेपाली पार्टीको ग्रास रुट बाटै पार्टी संगठन निर्माण गर्दै राजनीतिलाई समाज रुपान्तरण र देश विकासमा जोड्नु पर्छ भनेर अनवरत रुपमा लागि परेका नेता हुन । राजनीति सेवाको लागि हो र यो संधै समाजप्रति उत्तरदायी हुनुपर्छ भन्ने मान्नेता राख्ने नेता हुन नेपाली ।

नेता नेपाली दलित समुदायबाट जिल्ला सभापति बनेका काँग्रेस भित्र नेपालकै पहिलो दलित नेता हुन । जो १२औं महाधिबेशनबाट रुकुमको पार्टी सभापति बनेका थिए । नेता नेपालीको राजनीतिक पृष्ठभूमी नियाल्दा २०५२ सालमा उनी नेपाल बिद्यार्थी संघ रुकुमको सभापति बनेका थिए । जतिखेर माओबादीको सशस्त्र द्धन्द चरम उत्कर्षमा थियो अर्थात नेपाली काँग्रेस हुँ भन्दापनि ज्यान जोखिममा पर्ने अवस्था थियो त्यो जगजगिको समय २०५४ सालमा उनी नेपाल तरुण दलको जिल्ला अध्यक्ष भएर पार्टीको बिउ जोगाउने साहाशी युवा हुन ।

नेता नेपाली १०औं महाधिबेशनबाट नेपाली काँग्रेसको जिल्ला सचिव भएका थिए । त्यसपछि नेपाल तरुण दलको केन्द्रीय सदस्य र केन्द्रीय सचिव समेतको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका नेता हुन । उनको निष्ठा, लगन र क्रियासिलताका कारण पार्टीबाट नेता नेपाली २०७१ सालमा राष्टिय दलित आयोगको अध्यक्षका रुपमा दूई बर्ष काम गरेको अनुभव पनि छ । नेता नेपालीले २०५७ सालमा मध्यपश्चिमबाट उपक्षित उत्पिडीत दलित वर्ग उत्थान बर्ग समितिको सदस्य भइ काम गरेका थिए ।

नेता नेपाली पार्टीमा संघीय संसदको समानुपातिक सुचिमा तीन पटकसम्म नाम पर्नुले पनि उनको योगदान र लोकप्रियता उजागर हुन्छ । तर, नेपाली हालसम्म सांसद बन्ने अबसरबाट भने हालसम्म बञ्चित हुँदै आएका छन् । नेपाली १४औं महाधिबेशनबाट महाधिबेशन प्रतिनिधि र महासमिति सदस्यमा चुनिएका लोकप्रिय नेता हुन । आफ्नो जीवनको लामो राजनीतिक तथा सांगठनिक अनुभवका आधारमा नेता नेपाली यसपटक समाबेसी दलितबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेता नेपालीले आफ्नो उम्मेदवारी समग्र दलित समुदायको सम्मान मात्रै नभई पार्टीमा क्रियासिलता, लगनसिलता, सांगठनिकता, रुपमान्तरण र नेतृत्व पुस्तान्तरणको लागि भएको बताउँछन् । १३औं महाधिबेशनमा पनि नेपाली केन्द्रीय सदस्यमा दलित कोटाबाटै भिडेका थिए । उतिखेर उनी झिनो मतान्तरले मात्रै पराजित भएका थिए । पार्टी भित्रको लोकतान्त्रिक अभ्यास भएपनि कहिले काँही प्राबिधिक कारणले पनि निर्वाचनमा पछि परिने भएपनि यसपटक आफुलाई गत महाधिबेसनको अनुभवले पनि धेरै परिपक्व बनाएको हुँदा आफुले जित्नेमा नेता नेपाली ढुक्क छन् ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली काँग्रेसको १४औं महाधिबेशन, #मानबहादुर नेपाली

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं