शशांक कोइराला सभापतिको दाबेदारबाट पछि हटे,रामचन्द्र,शेखर र प्रकाशमानको सहमति हुन बाँकी
काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बुधबारसम्म सभापतिको साझा उमेद्वार चयन गर्ने दाबी गरेको छ । मंगलबार चाक्सीबारीमा बसेको लामो बैठकले भोलीसम्म सभापतिको साझा उमेद्वार घोषणा गर्ने निर्णय गरेको हो । बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारीको विषय टुंगिन लागेको बताए ।
उनले त्यसका केही प्रक्रियाहरू पूरा गरेर बुधबार साँझसम्ममा निर्णय सार्वजनिक गर्ने दाबी गरे । पौडेल समूहबाट पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । तर, महामन्त्री शशांक कोइरालाले भने दाबेदार छोडेर पौडेललाई समर्थन जनाएका छन् ।
कांग्रेस महामन्त्री शशांक कोइरालाले सहमतिका लागि आफु मागप्रसस्त गर्न तयार रहेको र अन्य नेताका बीचमा सहमति हुने बताए । उनले पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भए आफू सभापतिमा दावी छाड्न तयार भएको बताए । महामन्त्री कोइरालाले कतिपयले भोटिङ गरेर उम्मेदवार छान्न सुझाव दिएको भए पनि त्यो उपयुक्त नभएको बताए । आफूहरुबीच एकता नभए टिम नै पराजित हुने निष्कर्ष निकाल्दै पौडेल समूहले एकताको प्रयास गरिरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्