प्रेस सेन्टरले चयन गर्यो काठमाडौं र ललितपुरमा नयाँ नेतृत्व, ललितपुरमा कार्की र काठमाडौंमा बराल
काठमाडौं । काठमाडौं र ललितपुरमा प्रेस सेन्टर नेपालले नयाँ नेतृत्व पाएको छ । ललितपुरले चौथो जिल्ला अधिवेशनमार्फत रामहरि कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको छ । कार्यसमितिको उपाध्यक्षमा गोपाल आलेमगर र केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिवमा अनिल पन्त, कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल सर्वसम्मत भएका छन् । सदस्यहरु सक्षम अधिकारी, पवन पन्तहितको ११ सदस्यीय कार्यसमिति गठन भएको अध्यक्ष कार्कीले जानकारी दिए ।
यस्तै, प्रेस सेन्टर नेपाल, काठमाडौंले पनि मंगलबार नै गोकर्ण बरालको अध्यक्षतामा नयाँ कार्यसमिति पाएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अजित अधिकारी, उपाध्यक्षमा विक्रम रत्न, महिला उपाध्यक्षमा मीनाकुमारी यादव, सचिवमा रमेश लामिछाने, सहसचिवमा चमन कोइराला र वुद्ध योन्जन, कोषाध्यक्षमा शोभा अर्याल सर्वसम्मत चुनिएका थिए ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ललितपुरले चौथो जिल्ला अधिवेशन
ताजा खबर
- १एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
- २घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- ३पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ४सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ५प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



तपाईको कमेन्ट लेख्नुहोस्