विश्वको कान्छो गणतान्त्रिक देश बन्यो बार्बेडोस

काठमाडौं । क्यारेबियन टापु बार्बेडोस विश्वको कान्छो गणतान्त्रिक देश बनेको छ । बेलायतकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै बार्बेडोस विश्वको कान्छो गणतन्त्र बनेको घोषणा गरिएको हो ।
राजधानी ब्रिजटाउनमा भएको भव्य समारोहमा डेम स्यान्ड्रा मेसनले बार्बेडोसको राष्ट्रपतिका रुपमा शपथ लिएको बीबीसीले जनाएको छ । यो समारोह बार्बेडोस स्वतन्त्र बनेको ५५ औँ वार्षिकीको अवसर पारेर गरिएको थियो ।
बार्बेडोसको नयाँ युगसँगै बेलायतको शताब्दीयौँ पुरानो प्रभाव समाप्त हुनेछ । शक्ति हस्तान्तरणको प्रतिक स्वरूप समारोहमा ब्रिटिश राजतन्त्रप्रति अन्तिम सलामी दिइएको थियो । मुख्य अतिथि बेलायतका युवराज चाल्सले संवैधानिक परिवर्तनका बाबजुद पनि दुई देशबीच निरन्तर सम्बन्ध रहने बताएका छन् ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #क्यारेबियन टापु, #बार्बेडोस
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्