विश्वको कान्छो गणतान्त्रिक देश बन्यो बार्बेडोस
काठमाडौं । क्यारेबियन टापु बार्बेडोस विश्वको कान्छो गणतान्त्रिक देश बनेको छ । बेलायतकी महारानी एलिजाबेथलाई आफ्नो राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै बार्बेडोस विश्वको कान्छो गणतन्त्र बनेको घोषणा गरिएको हो ।
राजधानी ब्रिजटाउनमा भएको भव्य समारोहमा डेम स्यान्ड्रा मेसनले बार्बेडोसको राष्ट्रपतिका रुपमा शपथ लिएको बीबीसीले जनाएको छ । यो समारोह बार्बेडोस स्वतन्त्र बनेको ५५ औँ वार्षिकीको अवसर पारेर गरिएको थियो ।
बार्बेडोसको नयाँ युगसँगै बेलायतको शताब्दीयौँ पुरानो प्रभाव समाप्त हुनेछ । शक्ति हस्तान्तरणको प्रतिक स्वरूप समारोहमा ब्रिटिश राजतन्त्रप्रति अन्तिम सलामी दिइएको थियो । मुख्य अतिथि बेलायतका युवराज चाल्सले संवैधानिक परिवर्तनका बाबजुद पनि दुई देशबीच निरन्तर सम्बन्ध रहने बताएका छन् ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #क्यारेबियन टापु, #बार्बेडोस
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्